ब्राजिलको राष्ट्रपतिमा सिल्वा निर्वाचित भएपछि विरोध सुरु – Kanika Khabar
Saturday, July 12Nepali News Portal

ब्राजिलको राष्ट्रपतिमा सिल्वा निर्वाचित भएपछि विरोध सुरु

    मा प्रकाशित

एजेन्सी ।
ब्राजिलको राष्ट्रपतिमा लूला डी सिल्वा निर्वाचित भएपछि विरोध सुरु भएको छ । ब्राजिलका निवर्तमान राष्ट्रपति जाएर बोलसोनारोका समर्थकहरूले नव निर्वाचित राष्ट्रपति सिल्वाको विरोधमा प्रदर्शन सुरु गरेका हुन् ।

निर्वाचनमा ५० दशमलव ९ प्रतिशत र बोलसोनारोले ४९ दशमलव १ प्रतिशत मत प्राप्त गरेका थिए । सिल्वाको जितपछि बोलसोनारोका समर्थकहरूले विभिन्न सडकखण्ड अवरुद्ध गरेका छन् भने सवारीसाधनमा आगजनी गरेका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार ब्राजिलको सङ्घीय राजमार्गका ३ सय २१ स्थानमा प्रदर्शन गरेका छन् भने २६ राज्यमा पूर्ण वा आंशिक रुपमा सडकमार्ग बन्द गरिदिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्