प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा एपीएफको लगातार दोस्रो जित – Kanika Khabar
Wednesday, June 25Nepali News Portal

प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

    मा प्रकाशित

विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।मुलपानी क्रिकेट मैदानमा आज सुदुरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो ।

 

सुदुरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा ग¥यो ।एपीएफको जितमा ओपनर आशिफ शेखले अविजित ४२ रन बनाउनुभयोभने अर्का ओपनर प्रदिप ऐरीले २५ रन बनाउनुभयो ।त्यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २७ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो ।

मैदान ओसिलो भएपछि ढिला खेल सुरु हुँदा खेल ४३ ओभरमा झारिएको थियो ।जितसँगै एपीएफ २ खेलमा २ अङ्क जोडेर समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।सुदुरपश्चिमको यो लगातार दोस्रो हार हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्