बङ्गलाचुली गाउँपालिकाद्वारा मालवहाक ठुला सवारीसाधन सञ्चालनमा रोक – Kanika Khabar
Monday, April 21Nepali News Portal

बङ्गलाचुली गाउँपालिकाद्वारा मालवहाक ठुला सवारीसाधन सञ्चालनमा रोक

    मा प्रकाशित
फाइल तस्बिर

कमिरेचौर,१५ कार्तिक
दाङको बङ्गलाचुली गाउँपालिकाले गाउँपालिकाभर ठुला सवारी साधनलाई अर्को सूचना नभए सम्मका लागि सञ्चालनमा रोक लगाएको छ । गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा मालबहाक गाडी टिप्पर,ट्रक जस्ता ठुला गाडीहरुलाई अल्पकालीनरुपमा सञ्चालनका लागि रोक लगाएको उल्लेख गरिएको छ ।
अध्यक्ष पुनद्वारा जारी विज्ञप्तिमा भनिएको छ,”बंगलाचुली गाउँपालिकामा यही मिति २०७९ साल असोज १८ गतेदेखि परेको भीषण वर्षापछि आएको विपद्का कारण ठाउँ ठाउँमा सडक भत्किएको , चर्किएको तथा पहिरोले यस क्षेत्रका सडकहरु क्षतविक्षत भएको र हालसम्म पनि सार्वजनिक सवारी साधन आवागमनमा असहजता रहेको साथै अहिले सडक मर्मतको काम भैईनसकेको हुँदा अर्को सूचना जारी नहुँदा सम्मको लागि गाउँपालिकाभरीकै सडक निर्माण कार्यकालागि बाहेकका ट्रिप्पर,ट्रक लगाएत ठुला मालवहाक साधनहरुलाई अल्पकालिन रुपमा संचालनमा रोक लगाईएको कुरा सम्पूर्णमा जानकारीका लागि अनुरोधछ ।साथै अनुमति बिना संचालनमा आउने उक्त साधनहरुलाई रोकलगाउन सहयोग गरिदिनुहुन सरोकारवाला निकाय सबैलाई अनुरोधछ ।”

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्