दाङ, १६ कार्तिक ।
दाङ क्षेत्र नं २ क का उम्मेद्वा राजु खनाल मतदाता भेटन टोल टोमा पगेका छन् । वुधवार घोराही १८ र घोराही १४ का विभिन्न टोलमा पुगेर मतदाता भेटघाट गरेका हुन । भेटघाटमा पुगेका खनाललाई मतदाताले आफना समस्या राखेका थिए । समस्याको बारेमा जानकारी लिदै उम्मेदवार खनालले आफुले आफनो क्षेत्र वाट समस्या समाधान गर्ने बताएका थिए । आफु सधै जनताको साथमा रहेको बताए । ‘म हिजो पनि साथमा थिए भोली पनि हुने छु’ खनालले भने । देशका लागि गठवन्धन आवश्यक रहेकाले गठवन्धनका उम्मेद्वारहरुलाई विजयी वनाउन समेत उनले आग्रह गरेका थिए । विपक्षीहरुले गठवन्धन वलियो देखेर विभिन्न भ्रम फैलाउने गरेको भन्दै सचेत बन्न समेत आग्रह गरे । आफ्नो क्षेत्रको विकासका र नागरिकलाइ अधिकार प्रदान गर्ने योग्य उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । देशलाई अशान्ति वाट बचाउनका लागि गठवन्धन गरेर अगाडि वढेको समेत स्पष्ट पारे । अहिलेको गठवन्धनले देशमा संविधानको रक्षा तथा शान्ति स्थापनको लागि काम गर्ने उनको भनाइ रहेको छ ।
मा प्रकाशित