घाेराही, १६ कार्तिक । प्रतिनिधि सभा दाङ निर्वाचन क्षेत्र नं २ कि गठबन्धनकी साझा उम्मेदवार रेखा शर्मा बुधबार विहानै देखि घरदैलोमा पुग्नुभएकाे छ ।
उहाँले मतदाताहरू समक्ष सल्लाह सुझाव समेत ल्याउनुभएकाे छ । घरदेैलाेका क्रममा मतदाताहरूले शर्मालाई विजयीकाे शुभकामना समेत व्यक्त गरेका छन् ।
घाेराही १४ निवासी स्थानीय चित्रभान खत्रीले यश पटक रेखा शर्मा सहित गठबन्धनका सबै उम्मेदवारहरूलाई मतदान गर्ने बताउनुभयाे । ‘रेखा शर्मा नेपाली राजनीतिमा इमान्दारिताकाे प्रतीक हाे, उहाँलाई हामी सबैकाे साथ हुन्छ,’ खत्रीले भन्नुभयाे, ‘रेखा शर्माले एक पटक देशकै नेतृत्व गरेकाे हेर्न मन छ ।’
घाेराही १४ कै अर्का स्थानीय उत्तम वेल्वासेले रेखा शर्मा अहिलेसम्म कुनै पनि विवादमा नमुछिएकी नेतृ भएकाे बताउनुयाे । ‘तल्लाे वर्गबाट निरन्तर संघर्षबाट राजनीतिमा आउनुभएकी रेखा शर्माकाे यश पटक जित निश्चित छ,’ उहाँले भन्नुभयाे, ‘एमालेलाई संसदमा पठाएर के काम उसले त बीचमै संसद विघटन गर्छ ।’
स्थानीय शिवा पुनले यश पटक दाङका मतदाताले महिलालाई विजयी गराउने बताउनुभयो । ‘महिलाले पनि देशकाे नेतृत्व गर्न सक्छन् भन्ने देखाउनुपर्छ,’ उहाँले भन्नुुभयाे, ‘रेखा शर्मा देश हाक्न सक्ने अब्बल महिला नेतृ हाे ।’
प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले मतदाताहरूकाे चाहना अनुरूप आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।