काठमाडौँ, १६ कार्तिक ।
निर्वाचन आयोगले उम्मेदवारहरूको चुनावी खर्चको परीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराउने भएको छ। आयोगले आज आयोजना गरेको पत्रकार सममेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाकानुनी व्यवस्थालाई व्यवहारिक कार्यान्वयनका निम्ति यसपटकबाट लेखापरीक्षण गर्न लागिएको बताउनुभयो ।
प्रमुख आयुक्त थपलियाले आचारसंहिताको पालनाबारे अनुगमन गर्न स्थानीय तहसम्म आवश्यक प्रबन्ध मिलाएको पनि बताउनुभयो । मङ्सिर चार गते हुने निर्वाचनका लागि उम्मेदवारहरूले कात्तिक १७ गतेबाट कोणसभा तथा आमसभा गर्न पाउने भन्दै उहाँले कोणसभा र आमसभा गर्दा लागेको खर्च मंसिर १९ गतेभित्र बुझाउनुपर्ने बताउनुभयो ।
त्यस्तै निर्वाचन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचन प्रचारप्रसारमा जाँदा निर्वाचन आयोगको अनुमति लिनुपर्ने बताएको छ । निर्वाचन आयोगले यसपटक १ सय ६५ वटै निर्वाचन क्षेत्रका मतगणना स्थलमा सीसीटिभि क्यामेरा जडान गर्ने भएको छ । आज पत्रकार सम्मेलनमा बोल्दै थपलियाले यसपटक तारजजाली हटाएर सबै स्थानमा सीसीटिभी क्यमेराको व्यवस्था गरिने बताउनुभएको हो ।