वाणिज्य बैँकहरूको निक्षेप २३ अर्बले घट्यो – Kanika Khabar
Friday, May 23Nepali News Portal

वाणिज्य बैँकहरूको निक्षेप २३ अर्बले घट्यो

    मा प्रकाशित

काठमाडौँ, १६ कार्तिक ।
वाणिज्य बैँकहरूको निक्षेप २३ अर्बले घटेको छ । असोज अन्तिम सातासम्म लगातार बढेको बैँकहरूको निक्षेप कात्तिक लागेसँगै पुनः घट्न थालेको छ । नेपाल बैँकर्स सङ्घले उपलब्ध गराएको तथ्याङ्क अनुसार असोज मसान्तको तुलनामा ११ कात्तिकमा आउँदा वाणिज्य बैंकहरूको निक्षेप २३ अर्बले घटेको हो ।

असोज मसान्तमा ४५ खर्ब ४७ अर्ब पुगेको निक्षेप ४ कात्तिकमा ४५ खर्ब ४१ अर्बमा झरेको थियो । पछिल्लो साता निक्षेप थप १७ अर्बले घटेर ४५ खर्ब २४ अर्बमा झरेको नेपाल बैँकर्स सङ्घले जनाएको छ ।

तिहार र छठ पर्वको कारण पछिल्लो साता सर्वसाधारणले नगद झिक्दा निक्षेप घटेको हुनसक्ने बैँकरहरूको भनाइ छ । निक्षेप घटे पनि कर्जा भने असोज लागेपछि ५ अर्बले वृद्धि भएको छ ।सङ्घका अनुसार वाणिज्य बैँकहरूको कुल कर्जा लगानी असोज मसान्तमा ४२ खर्ब २० अर्ब रहेकोमा ४ कात्तिकमा ५ अर्बले बढेर ४२ खर्ब २५ अर्ब पुगेको थियो । ११ कात्तिकमा पनि वाणिज्य बैँकहरूको कर्जा लगानी ४२ खर्ब २५ अर्ब नै रहेको सङ्घले जनाएको छ ।

गत आर्थिक वर्षको अन्तिम असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिजय बैँकहरूको कुल निक्षेप साउन मसान्तमा ४४ खर्ब ३३ अर्बसम्म झरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्