मेट्रोका विद्यार्थीले बेचे ४ लाखको फूल – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

मेट्रोका विद्यार्थीले बेचे ४ लाखको फूल

    मा प्रकाशित

दाङ, १७ कार्तिक ।
पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत तुलसीपुर मेट्रो कलेजका विद्यार्थीहरुले चार लाखको फूल विक्री गरेका छन् । तिहारलाई लक्षित गरेर वन विज्ञान र कृषि विज्ञानमा अध्ययनरत विद्यार्थीहरुले संयुक्तरुपमा फूल खेति गरेका थिए । विद्यालयको ५ कठ्ठा जग्गामा गरिएको खेतिबाट विद्यार्थीहरुले ४ लाख बराबरको आम्दानी गरेका हुन् ।
बजारको माग अनुसार फूल पु¥याउन नसकिएको विद्यार्थी सन्दिप मल्लले बताए । ‘फूलको माग अत्याधिक भएपनि हामीले सो अनुसार पु¥याउन सकेका छैनौ’ मल्लले भने । कलेजले विद्यार्थीहरुलाई परियोजनात्मक कार्यक्रममा सहभागी बनाएर पढ्दै कमाउँदै गराउनका लागि कार्यक्रम सञ्चालन गरेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।
विद्यार्थीहरुले आफै विरुवा उत्पादन गरेर फूल खेती गरेको शिक्षक घनश्याम केसीले जानकारी दिए । उनले फूलबाट आशा गरे अनुसार आम्दानी भएको बताउँदै थप २ लाखको फूल विक्रीका लागि तयारी भएको जानकारी दिए । मखमली र सयपत्रीफूलको खेती गरेका विद्यार्थीहरुले किलोमा ६ सय र प्रतिमाला २ सय ५० सम्ममा विक्री गरेको विद्यार्थी सीता भण्डारीले भनिन् ।
फूलखेतीसँगै कलेजले अन्य काममा पनि विद्यार्थीहरुलाई परियोजनात्मक कार्यमा लगाइरहेको कलेज प्रमुख आचार्यले भने । पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता दिदै कलेजले अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने प्रमुख आचार्यले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्