गुनासाे आउन दिने छैन : प्रचण्ड – Kanika Khabar
Thursday, September 19Nepali News Portal

गुनासाे आउन दिने छैन : प्रचण्ड

    मा प्रकाशित

दाङ,कात्तिक १७ । दिनहुँ मतदातासंगको भेटघाटमा व्यस्त बनेका दाङ २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार प्रचण्डबिक्रम न्यौपाने ‘गुन्टु’ ले गाउँ केन्द्रीत अभियनलाई तिब्र पारेका छन् । मतदाताहरुका आवश्यक्ता बोध गर्न तथा निर्वाचनमा मतदानका लागि आग्रह गर्दै मतदाताको घरदैलोमा पुग्दै आएका गुन्टुले नागरिकका आवश्यक्ता पूर्तिलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

विकास निर्माण प्रति ब्याप्त आम मतदाताको चासोलाई जसरी पनि सम्बोधन गर्ने दृढता ब्यक्त गरेका उनले मतदाताको नजरमा असल राजनीतिकर्मी बनेर प्रस्तुत हुने बाचा गर्दै आएका छन् । यसैक्रममा उम्मेदवार गुन्टुले बिहिबार पनि आफ्नो चुनावी क्षेत्रका विभिन्न गाउँमा पुगेर मतदातासंग साक्षात्कार गरेका छन् । घोराही ९ का मकुन्डाँडा,नयाँ बस्ती, घोराही ९ का ढकेलपुर, कटुकी लगाएतका स्थानमा पुगेर गुन्टुले मतदाताहरुका समस्या बोध गरेका छन् ।

साथै उनीहरुका समस्या सम्बोधनका लागि प्रतिवद्धता समेत व्यक्त गरेका छन् । ‘आम नागरिकका आवश्यक्ता पूर्ति गर्न सकिँदैन भने राजनीति गर्नुको अर्थ हुन्न,’ उनले भने ‘यदि तपाईहरुका माग सम्बोधन गर्न सकेन भने मैले पनि राजनीति गर्नुको अर्थ हुन्न, राजनीतिबाट बिश्राम लिएर बस्छु ।’ उनले आफू ले निर्वाचन जिते पछि मतदाताबाट कुनै पनि गुनासो नआउने गरि काम गर्ने प्रतिवद्धता समेत जनाए ।
यी भेटघाटमा मतदाताहरुले युवा पुस्ता राजनीतिमा आउनु सकारात्मक भएको भन्दै गुन्टु बाट ठूलो अपेक्षा गरेको बताएका थिए । उनीहरुले आफुहरुका आधारभुत आवश्यक्ता सम्बोधनका लागि पनि गुन्टुलाई आग्रह गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्