रावलकाे कटाक्ष ओलीलाई : ६७ वर्षकाे बूढाे हुने ७० काटिसकेका तन्नेरी कसरी – Kanika Khabar
Thursday, June 12Nepali News Portal

रावलकाे कटाक्ष ओलीलाई : ६७ वर्षकाे बूढाे हुने ७० काटिसकेका तन्नेरी कसरी

    मा प्रकाशित

दाङ १९, कार्तिक ।  नेकपा एमालेका नेता भिम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको भाषणप्रति आपत्ति जनाएका छन् । ओलीले शुक्रबार कञ्चनपुरमा गरेको आफू प्रतिको भाषण प्रति रावलले आपत्ति जनाएका हुन् । ओलीले भाषण गर्ने क्रममा सभामा रावलको पक्षमा नाराबाजी भएको थियो ।त्यस क्रममा ओलीले रावलको नाम नलिन भन्दै सभामा उपस्थितहरुलाई हकारेका थिए ।

ओलीले रावललाई बुढो भैसकेको भन्दै ‘रावल–रावल’ नगर्न भाषणका क्रममा भनेका थिए । रावलले उक्त भनाई प्रति आपत्ति जनाउँदै ६७ बर्षिय आफूलाई ओलीले बुढो भन्ने तर ७० बर्ष कटिसकेका ओली कसरी संसद र प्रधानमन्त्रीका लागि तन्नेरी हुनु भयो भन्दै व्यंग्य गरेका छन् । यसैगरि तन्नेरी रावलहरु सुदुरपश्चिममा धेरै भएको भन्दै उनिहरुलाई अगाडी सारिने ओलीको धारणा प्रति रावलले देशैभरी ब्राहमण, क्षेत्री र ओलीहरु ध्ेरै रहेको भन्दै उनिहरुलाइ तत्काल एमाले अध्यक्ष किन नबनाउने भन्दै प्रश्न गरेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्