‘नो नट अगेन’ नामक फेसबुक पेज र सामाजिक अभियान समूहलाई कारबाही नगर्न सर्वोच्चको आदेश – Kanika Khabar
Monday, September 16Nepali News Portal

‘नो नट अगेन’ नामक फेसबुक पेज र सामाजिक अभियान समूहलाई कारबाही नगर्न सर्वोच्चको आदेश

    मा प्रकाशित

काठमाडौँ, २१ कार्तिक ।
सर्वोच्च अदालतले पुरानै अनुहारलाई दोह¥याउनु हुँदैन भन्ने अभियान चलाउने ‘नो नट अगेन’ नामक फेसबुक पेज र सामाजिक सञ्जालको अभियान समूह सञ्चालन गर्ने विरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

उम्मेदवारहरू विरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र गु्रप बन्द गर्न निर्देशन दिएको थियो ।

नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरी नो नट अगेन पेजमार्फत दलका नेताविरुद्ध हुने अभिव्यक्ति र आक्रोश जन्य सामग्रीको अनुगमन गर्न आग्रह गरेको थियो ।

नो नट अगेन पेजलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्नसमेत आयोगले आग्रह गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्