तान्जानियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु – Kanika Khabar
Wednesday, June 25Nepali News Portal

तान्जानियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

    मा प्रकाशित

तान्जानियाको एक यात्रुवाहक विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना भएको हो । जसमा १९ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएको बीबीसीले लेखेको छ ।

 

४३ जना सवार विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो । विमान दुर्घटनाको कारण भने खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम हुन सक्ने भनिएको छ ।

 

विमान दुर्घटनामा परेपछि स्थानीयवासी र माझीहरूले डुङ्गाको सहायतामा यात्रुहरूलाई उद्धार गरेका थिए ।राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेको उपचारमा कुनै कमी बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्