विश्वभरबाट महिला नेतृहरुको सम्मेलनमा भाग राष्ट्रपति भण्डारी आइसल्यान्ड जाँदै – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

विश्वभरबाट महिला नेतृहरुको सम्मेलनमा भाग राष्ट्रपति भण्डारी आइसल्यान्ड जाँदै

    मा प्रकाशित

काठमाडौँ, २१ कार्तिक ।
विश्वभरबाट महिला नेतृहरुले भाग लिने ‘रेक्युभिक ग्लोबल फोरम’ मा सहभागिता जनाउन आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्डको रेक्युभिकमा जाँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयको अनुसार कार्यक्रम आजदेखि कात्तिक २४ सम्म हुनेछ । उक्त फोरम आइल्यान्डको सरकारको महिला राजनीतिक नेतृत्व (डब्लुपीएल) र आइसल्यान्डको संसदको सह–आयोजक हुन लागेको हो ।

टोलीमा राष्ट्रपति कार्यालयका सचिव यादव कोइराला, परराष्ट्र सचिव भरतराज पौड्यालसहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू गरी १७ सदस्यीय टोली हुनेछ ।

सन् २०१८ मा सुरु गरिएको फोरममा राजनीतिक, व्यवसाय, नागरिक समाज, शिक्षा, कला र मिडिया लगायतका क्षेत्रहरूमा महिला नेताहरूलाई वार्षिक रुपमा बोलाइन्छ । मन्त्रालयका अनुसार भ्रमणका दौरान राष्ट्रपतिले अवार्ड ग्रहण गर्ने र मन्तव्य दिनुहुने छ ।

राष्ट्रपतिको टोलीमा राष्ट्रपतिमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुनेछन् । उहाँ कात्तिक २६ मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्