हुकुम बस्नेतलाई आयाेगले साेध्याे स्पष्टीकरण – Kanika Khabar
Monday, July 14Nepali News Portal

हुकुम बस्नेतलाई आयाेगले साेध्याे स्पष्टीकरण

    मा प्रकाशित

दाङ, २१ कात्तिक / नेकपा(एमाले)को तर्फबाट प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं. ३ (२)का उम्मेदवार हुकुम बहादुर बस्नेतलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।

बस्नेतले आफ्नो निर्वाचन प्रचारप्रसार गर्दा बालबालिकाको प्रयोग गरेको फोटो समेतको सामग्री आयोगमा प्राप्त भएपछि आयोगले स्पस्टीकरण सोधेको हो । बस्नेतलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यलय दाङमा प्राप्त हुनेगरी जवाफ पेश गर्न निर्देशन दिइएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट)लाई उल्लेख गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ । तपाईंले बालबालिकाहरू जम्मा गरी आफ्नो निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल रहेको देखिन्छ ।’

उनलाई ‘तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होईन भन्ने आधार, प्रमाण के छ ?, निर्वाचनका प्रक्रियाहरु अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भै सकेको अवस्थामा तपाईंले किन जानाजान रुपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ? तथा निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै तपाईंले सो कार्य गरेको देखिएकोले निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? भनि प्रश्न सोधिएको छ । यो प्रश्नको उनले जवाफ दिनुपर्ने छ ।
बस्नेत बबई गाउँपालिका वडा नं.१ गंगटे स्थित सरस्वती जनता माविमा अध्ययनरत विद्यार्थीसंग भोट मागेको फोटो तथा समाचार सार्वजनिक भएको थियो । साथै आईतबार राष्ट्रियसभा सदस्य कोमल वलीलाई आयोगले स्पस्टीकरण सोधेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्