अग्निपीडितलाई उवासंघकाे सहयाेग – Kanika Khabar
Sunday, September 15Nepali News Portal

अग्निपीडितलाई उवासंघकाे सहयाेग

    मा प्रकाशित

दाङ, २१ कार्तिक ।

आगलागी हुँदा पीडित भएका उद्योगी तथा व्यावसायीहरुलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ ।

संघले आज मंगलवार एक कार्यक्रमको आयोजना गरी पीडितहरुलाई ५ लाख २३ हजार ५ सय ६३ रुपैया सहयोग गरेको हो । आगलागीबाट पीडित ३ जनालाई सहयोग गरिएको संघले जनाएको छ ।

संघले व्यावसायी सुरक्षित कोष वाट ३ लाख र संघका कार्य समिति तथा उद्योगी व्यावसायी वाट सङकलीत २ लाख २५ हजार ५ सय ६३ रुपैया गरेर ५ लाख २३ हजार ५ सय ६३ रुपैया सहयोग गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए ।

प्रत्येक व्यक्ति १ लाख ७४ हजार ५ सय २१ रुपैयाका दरले ३ जनालाई सहयोग गरिएको बुढाथोकीको भनाइ रहेको छ । संघले पीडामा रहेकालाइ मलक लगाउने काम गरेको अध्यक्ष वुढाथोकीले बताए ।

पीडितलाई राहातका लागि अन्य निकायमा समेत प्रयास जारी राखेको उनको भनाइ रहेको छ । अहिले संघ र संघका कार्य समिति तथा अन्य उद्योगी एवम व्यावसायीहरु वाट प्राप्त भएको सहयोग प्रदान गरिएकाे उनले बताए । सहयोग गर्न इच्छुक उद्योगी व्यावसायी तथा सहयोगी दाताहरुले सहयोग गर्न सकिने संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिए ।

उद्योगी तथा व्यावसायीहरुलाई विपद् परेको समयमा सहयोग प्रदान गर्नका लागि सघले व्यावसायिक सुरक्षा कोष स्थापना गरेको संघका कोषाध्यक्ष शुसील पोख्रेलले जानकारी दिए । उक्त कोषवाट उद्योगी तथा व्यावसायीहरुलाई समस्या पर्दा सहयोग गर्ने गरिएको उनको भनाइ रहेको छ ।
सरकारले व्यावसायीहरुलाई समस्या पर्दा सहयोग गर्नु पर्ने दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले बताए ।

राज्यलाई कर तिर्ने व्यावसायीलाई राज्यले पनि समहयोग गर्नु पर्ने उनको भनाइ रहेको छ । पीडितका बुबा श्रीभगवान ठाकुरले सबैले अप्ठेयारोमा परेकालाई सहयोग गर्नु पर्ने बताए । सबैले आफनो क्षमता अनुसार सहयोग गर्न सक्ने उनको भनाइ रहेको छ । ‘हामी सबैले आफनो क्षमता अनुसार सहयोग गर्न आवश्यक छ’ ठाकुरले भने । उद्योग वाणिज्य संघले सहयोग गरेर पिडामा मलक लगाउने काम गरेको बताए ।

यही कार्तिक ७ गते आगलागीबाट घोराही उपमहानगरपालिका–१५ उमेश मार्गमा रहेका चार वटा फर्निचर उद्योगमा आगलागी हुँदा फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्