युवाहरुलाई एकतावद्ध गर्दै गठबन्धन – Kanika Khabar
Saturday, April 20Nepali News Portal

युवाहरुलाई एकतावद्ध गर्दै गठबन्धन

    मा प्रकाशित

तुलसीपुर २३ कात्तिक ।
दाङ क्षेत्र नं. ३ मा पाँच दलिय संयुक्त गठबन्धनले युवाहरुलाई एकतावद्ध गर्न थालेका छन् । त्यही क्रममा बुधबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलगनारमा संयुक्त गठबन्धनका प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार दीपक गिरी र प्रदेश सभा ३(ख) का उम्मेदवार धन बहादुर मास्कीले युवाहरु संग छलफल गरेका छन् । वडा नं. ११ का करिब डेढसय युवाहरुको सहभागीता रहेको छलफलका क्रममा युवाहरुले शिक्षा, स्वास्थ्य लगायत युवाहरुलाई स्वदेशै रोजगारीको व्यवस्थ ागर्न माग गरेका थिए ।

उक्त अवसरमा दाङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक गिरीले दाङको भुमि र बस्तीलाई विकसित गर्नको लागि युवा शक्तिको आवश्यकता रहेको बताएका छन् । उनले उर्जावान युवाहरुको माझमा उभिएर आफ्ना भाई राख्न पाउँदा गर्वको महशुस भएको समेत बताए ।

युवाहरु सँगको छलफल कार्यक्रममा उनले युवा शक्तिलाई सकारात्कम ढंगले अगाडी बढाउन आवस्यक रहेको बताए । दाङमा अहिले युवाहरुको नयाँ जागरण आएको बताउँदै उनले अहिलेको अवस्थामा गठबन्धनका उम्मेदवारहरुलाई युवा शक्तिको सहयोगको खाँचो भएको बताए ।

अहिले लाखौ युवा शक्ति सही विकल्प नपाएर विदेशिने जमात रहेको बताउँदै गिरीले आफु दंगाली जनताको सहयोगमा निर्वाचित भएमा भोलीको दिनमा युवाले गर्ने हरेक कार्यमा सहयोग गर्नुका साथै स्वदेशमै रोजगारीको व्यवस्थ ागर्न अग्रसर हुने र चुनावका बेला बोलेका कुराहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी गठबन्धनबाट दाङ क्षेत्र नं. ३ (ख) का प्रदेश सभा सदस्य पदमा उम्मेदवार धन बहादुर मास्कीले देशमा ईतिहास निर्माणको लागि युवाहरुको अहम भुमिका रहेको बताए । उनले युवाले चाहेमा देशमा ठुला–ठुला परिवर्तन हुने बताउँदै अहिलेको अवस्थामा पनि युवाहरुको आवश्यक रहेको बताए । कसैले युवा शक्तिलाई दुरुपयोग गरेमा देश दुर्घटना पर्ने भएकाले युवाहरु सत्यको पक्षमा उभिने या दुरुपयोगको बाटोमा लाग्ने भन्ने कुरामा सोच्न आवश्य रहेको बताए । देश, गणतन्त्र र संविधानको रक्षा गर्नको लागि युवाहरु पाँच दलिय गठबन्धनलाई सहयोग गर्नको लागि छलफलमा जुटेमा खुशी व्यक्त गर्दै मंसिर ४ गतेसम्म आफुहरुलाई सहयोग गर्न आग्रह गर्दै त्यसपछिको दिनमा आफुहरुले युवाहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्