बोझपोखरामा गठबन्धन दलकाे चुनावी सभा – Kanika Khabar
Sunday, September 15Nepali News Portal

बोझपोखरामा गठबन्धन दलकाे चुनावी सभा

    मा प्रकाशित

दाङ, २४ कार्तिक । दाङको बंगलाचुलीको बोझपोखरामा गठबन्धन दलले विशाल जनसभा गरेका छन्।

बुधवार कमिरेचौर र मुर्कुटीमा सभा गरेको गठबन्धनले बिहीबार बोजपोखरामा शक्ति प्रदर्शन गरेको छ। जनसभामा हजारौंको सहभागीता रहेको थियो।

सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् प्रतिनिधि सभा दाङ निर्वाचन क्षेत्र नं २ की गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले बंगलाचुलीले विजयको यात्रा प्रारम्भ गरिसकेको बताउनु भयो। उहाँले बंगलाचुलीले निर्णायक धक्का दिदै गठबन्धनको विजयलाई सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो।

शर्माले बंगलाचुली क्षेत्रको विकासका लागि आफूहरूले विगतदेखि नै काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले महिलाले पनि देश चलाउन सक्छन् भन्ने कुराको सन्देश दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

प्रदेश सभा दाङ निर्वाचन क्षेत्र नं २ (१) का उम्मेदवार राजु खनालले एमालेले प्रतिगमनकारी दलहरूको नेतृत्व गरिरहेको बताउनु भयो। उहाँले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई मतदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय सभाकी मुख्य सचेतक अनिता देवकोटा, नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री खगराज पाण्डे, माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार एवम् पोलिटब्युरो सदस्य नारायणी शर्मा, नेपाली काङ्ग्रेसका समानुपातिक उम्मेदवारहरू धुव्र पुन, पुष्पा श्रेष्ठ, लिला नेपालीले मन्तव्य व्यक्त गर्नुभएको थियो।

निर्वाचन प्रचार प्रसार समितिका संयोजक विनोद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वलदेव मल्लले गर्नुभएको थियो। कार्यक्रम सहसंयोजक जितबहादुर घर्तीको स्वागत मन्तब्यबाट शुरू भएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्