जेरी र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद – Kanika Khabar
Thursday, June 19Nepali News Portal

जेरी र शंकर क्षेत्रीबीच सम्बन्धविच्छेद

    मा प्रकाशित

काठमाडौं,कात्तिक २५ ।

नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।

काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् । सम्बन्धविच्छेदलाई औपचारिक रुप दिएको गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए ।

बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।

शंकरले भने, ‘सम्बन्ध टुंग्याउन मन त थिएन, तर वैचारिक मत भिन्नता भएपछि सँगै पनि बस्न सकिएन । सहमतिमै सम्बन्ध टुंगायौं ।’

जेरी र शंकरबीच २०७६ साल माघ १ गते विवाह भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्