दाङ, २५ कार्तिक ।
प्रदेश सभा दाङ क्षेत्र नं २ (१) का सदस्यमा उम्मेद्वार राजु खनालले जनता सचेत रहेकाले गठवन्धनका उम्मेद्वारलाइ विजयी वनाउने बताएका छन् । गठवन्धनका उम्मेद्वारले जनतालाइ विकास र देशलाई निकाल निन सक्ने भएकाले मत दिएर विजयी वनाउने उनको भनाइ रहेको छ । घोराहीका विभिन्न स्थनमा आयोजना गरिएको भेट घाट तथा चुनावी सभालाई सम्वोधन गदै उनले यस्तो बताएका हुन । आफुहरु विजयी भएर गएर पिछडिएको क्षेत्रलाई प्राथमिक्ता दिएर काम गर्ने समेत उनले बताए । ‘हामी यस क्षेत्रको समस्याका बारेमा जानकार छौ त्यसको समस्याको समाधान गर्न लागि पर्ने छौ’ उनले भने । यस क्षेत्रको विकासमा विगतका वर्षहरुमा पनि काम गरेको भन्दै आउदा दिनमा पनि निरन्तरता दिने उनको भनाइ रहेको थियो । ‘केही काम भएका छन केही बाँकी छ वाँकी रहेका कामहरु पुरा गर्न हामी लागि पर्ने छौ’ उनले भने । आफुहरु सधै जनताको साथमा रहेको समेत उनले बताए । त्यसैले जनताले पनि आफुहरुलाई साथ दिने उनको भनाइ रहेको थियो । देशका लागि गठवन्धन आवश्यक रहेकाले गठवन्धनका उम्मेद्वारहरुलाई विजयी बनाउन समेत उनले आग्रह गरेका थिए ।
मा प्रकाशित