प्रदेश सरकारबाट -‘मेट्रो कलेजमा आएको १६ करोडको छानबिन हुन्छ , नीतिगत भष्टाचारको खोजबिन गर्छाैँ : चौधरी – Kanika Khabar
Sunday, September 15Nepali News Portal

प्रदेश सरकारबाट -‘मेट्रो कलेजमा आएको १६ करोडको छानबिन हुन्छ , नीतिगत भष्टाचारको खोजबिन गर्छाैँ : चौधरी

    मा प्रकाशित

दाङ, २५ कार्तिक ।
दाङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ काग गठबन्धनका साझा उमेदवार नेपाली कांग्रेसका नेता डिल्ली बहादुर चौधरीले मेट्रो कलेजमा व्यापक अनियमितता भएको बताएका छन् । उनले नेकपा एमाले नेता तथा प्रतिष्पर्धी दाङ-३ प्रदेश १ का उमेदवार घनश्याम पाण्डेबाट प्रदेश सरकारले दिएको बजेटको हिसाबकिताब खोज्न बाँकी रहेको बताए । ‘कलेज स्थापनाको लागि प्रदेश सरकारले दिएको १६ करोड बजेट बजेट खोई, हिसावकिताव दिनुपर्र्दैन ?’ उनले भने-‘घनश्याम पाण्डेले मेट्रो कलेज बनाउने बहानामा कमाउने धन्दामा लागेका छन् ।’ मेट्रो कलेज स्थापना गर्नु राम्रो भएपनि कलेजमा बिना प्रतिष्पर्धा कर्मचारी नियुक्ति गलत भएको बताए । ‘ कलेज होइन्, पाटीको भर्तिकेन्द्र बनाइएको छ ।’ उनले भने-‘मेट्रो कलेजलाई कमाउने भाडाँ बनाईएको छ , यसको पनि हिसावकिताब अब हुन्छ ?’ उनले मेट्रो कलेजको नाममा सुकुम्बासीलाई उठिबास लगाएको बताए । ‘मेट्रो कलेज बनाउने नाममा भूमिहिन सुकम्बासीलाई उठिबास लगाइएको छ ।’ उनले भने-‘हरिपौरा विद्यालयको जग्गाबाट सुकुमबासीलाई लखेट्ने अधिकार तपाईलाई कस्ले दियो ?’ मेट्रो कलेजलाई कमाउ भनेर दिने जग्गा दिनेहरु जग्गा दलाल भएको उनको भनाई छ । ‘कलेजलाई जग्गा दिएर कमाउन धन्दामा लाग्ने, तपाईहरु जग्गा दलाल हुनुहुन्छ ।’ उनले भने-‘कसैलाई रुवाएर गर्ने राजनीति कस्तो हो ?’

उनले विपक्षिले कुरा बढी काम गर्ने बताए । ‘जनतालाई झुक्याउन ठुला ठुला सपना बाँड्ने तर पुरा नगर्नेलाई जनताले राम्रोसंग चिनेका छन् ।’ उनले भने-‘सामान्य आधारभूत आवश्यकता पनि पाउन नसक्ने तपाईहरुको कस्तो मेट्रोसिटी हो ?’ नागरिकका सामान्य आधारभूत आवश्यकता पुरा गर्न छोडेर ठुला सपनाको खेती नगर्न उनले अनुरोध गरेका छन् । ‘बसपार्कको पातुखोला छेउका नागरिक रातभर जाग्राम बस्नुपर्ने अवस्थाको अन्त्य कस्ले गरेको हो, त्यो पनि हामीहरुले गरेका हौँ भन्नुहोला फेरि ।’ उनले भने-‘पातुखोला छेउको तटबन्धन मेरो पहलमा भएको हो , हामीले पुरा गर्ने भनेको यहि हो, सडक कालोपत्रे गछौँ, तर त्यो भन्दा ठुलो सपना बाँड्दैनौँ ।’ उनले आधुनिक बसपार्कको योजना कांग्रेसले ल्याएपनि एमालेले आफ्नो पहलमा भएको भनेर जनतालाई ढाँटेको बताए । ‘बसपार्कको शिलान्यास कस्ले गरेको हो भन्ने जनतालाई प्रष्ट थाहा छ तर शंकर पोखरेललाई ल्याएर उद्घाटन गरियो ।’ उनले भने-‘झुटको राजनीति धेरै टिक्दैन्, सत्य बोल्नुस्, साँचो बोल्नुस्, जनताले के गलत , के सहि भन्ने छुट्याउन जानेका छन् ।’ उनले यसअघि सुकुम्बासीबाट रकम उठाएर नीतिगतरुपमा भ्रष्टाचार गरेको बताए ।‘भूमिहिन सुकुम्बासीको नाममा उठाएको रकम खोई ।’ उनले भने-‘ कि लालपुर्जा वितरण गरिसक्नुभयो र ?

उनले घनश्याम पाण्डेप्रति इंगित गर्दै आफुहरु छोरोलाई ठेकेदार नबनाउने बताए । ‘मेरो र दिपक गिरीको छोरा छन् तर हामीहरुले छोरालाई ठेकेदार बनाउँदैनौँ ।’ उनले भने-‘घनश्याम पाण्डे बाटो बनाउने नाममा कमाउ धन्दामा लागेका हुन्, अहिले बाटो गठबन्धनको कारणले बनेन भनेर मिल्दैन् ।’ उनले घनश्याम पाण्डेले सडक बनाउने नाममा खोलाको गिट्टी बालुवा बिक्रि गरेर करौडौँ कमाएको बताए । ‘सडक बनाउने नाममा गिट्टी बालुवा बिक्रि गरेर कमाउने काम भएको छ ।’ उनले भने-‘वर्षौँसम्म सडक नबनेको हिसावकिताब जनताले खोज्नेछन् ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्