गठबन्धन टुटाउन चलखेल भइरहेको छ : खड्का – Kanika Khabar
Friday, March 28Nepali News Portal

गठबन्धन टुटाउन चलखेल भइरहेको छ : खड्का

    मा प्रकाशित

देउखुरी,२६ कात्तिक ।

नेपाली कांग्रेसका युवा नेता केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन १ (ख) का उम्मेदवार अनुराग खड्काले गठबन्धन टुटाउन चलखेल भएको बताउनु भएको छ । लमही नगरपालिकाका विभिन्न वडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार खड्काले जनतालाई फेरी पनि भ्रममा पारेर चुनाव जित्नका लागि नेकपा एमाले लागि परेको भन्दै जनता होसियार हुनुपर्ने उहाँको भनाई थियो ।

चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता खड्काले एमालेका साथीहरुले गठबन्धनको अगाडी हार स्वीकार गरि सकेको समेत ठोकुवा गर्नु भयो। मेटमणि चौधरी र अनुराग खड्काको चुनाव चिन्ह सुर्य हो, त्यसैमा मतदान गर्नु होला’ समेत भन्न भ्याउनु भएछ यो भन्दा लज्जास्पद अरु के हुन् सक्छ रु खड्काले भन्नुभयो ।

त्यस्तो लुम्बिनी प्रदेश सभा समानुपातिक उम्मेदवार लोका विश्वकर्माले पांच वर्ष लमही नगरपालिकाको नगर प्रमुख हुँदा के के काम गर्नु भयो रु मेयर साप भोट माग्न आउँदा यो प्रश्न गर्नु होला उहाँले भन्नु भयो । ‘एमालेसंग डराएर कांग्रेसले पांच दल संग गठबन्धन गर्यो नेकपा एमालेले नौ वटा दलसंग चुनावी तालमेल गरेको हामीले पनि थाह पाएका छौं’–विश्वकर्माले भन्नु भयो ।

आगामी मङ्सिर ४ गते हुन् गैरहेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुरा मात्र गर्ने, काम नगर्ने, घुसखोर, भ्रष्टाचारहरुलाई भोट नदिन र गठबन्धनका उम्मेदवारलाई भोट दिएर निर्वाचित गराउन प्रदेश सभा सदस्य खड्का र समानुपातिक उम्मेदवार विश्वकर्माल सबैलाई आग्रह गर्नु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्