उम्मेदवारका बारेमा बुझेर मतदान गर्नुहाेस् : प्रचण्ड – Kanika Khabar
Sunday, September 15Nepali News Portal

उम्मेदवारका बारेमा बुझेर मतदान गर्नुहाेस् : प्रचण्ड

    मा प्रकाशित

दाङ, २६ कार्तिक ।
दाङ क्षेत्र नं २ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार प्रचण्ड विक्रम न्याैपानेले उम्मेदवारका बारेमा बुझेर मात्र मतदान गर्न मतदातालाई सुझाएका छन् ।

आज शनिबार संयुक्त निर्वाचन परिचालन समिति दाङ क्षेत्र नं २ (२) द्वारा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै प्रदेश सभा सदस्यका उम्मेदवार न्याैपानेले मतदान गर्दा उम्मेदवारका बारेमा बुझेर मात्र मतदान गर्न मतदातालाई अपील गरेका हुन् ।

`तपाईंले मतदान गर्दा साेचेर, बुझेर, उम्मेदवारलाई चिनेर मात्र मतदान गर्नुहाेला । निर्वाचनकाे मैदानमा उत्रिएका उम्मेदवारका बारेमा बुझ्नुहाेस्, उसकाे इतिहास हेर्नुहाेस्, उसले काम गर्न सक्छ या सक्दैन बुझ्नुहाेस्, उम्मेदवारले गर्न सक्छ जस्ताे लाग्छ मतदान गर्नुहाेस्, लाग्दैन नगर्नुहाेस् ।´ उनले थपे, `पटक पटक शक्तिमा रहनेले के गरे, जनताका हित र पक्षमा कति काम गरे अहिले मूल्यांकन गर्नुहाेस्, मत खेर नफाल्नुहाेस् । हामीले एक छाक तरकारी किन्दा छानेर किन्छाैँ भने जनप्रतिनिधि चुन्दा झनै छान्नुपर्छ । झुठ बाेलेर, झुठकाे खेती गर्न पल्केका, जनतालाई भाेट बैंक मात्र सम्झनेलाई लाेप्पा खुवाउनुहाेस्, विकास र समृद्धिका पक्षमा मतदान गर्नुहाेस् ।´

चुनावी सभा नेपाली काङ्ग्रेस प्रदेश २(२) का सभापति अभियान बस्नेतकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्