गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुस्, म दाङकाे अभिभावकीय भूमिकामा हुन्छु : महरा – Kanika Khabar
Sunday, April 27Nepali News Portal

गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुस्, म दाङकाे अभिभावकीय भूमिकामा हुन्छु : महरा

    मा प्रकाशित

घाेराही, २७ कार्तिक । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले दाङकाे विकासमा आफूले अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।

राेल्पाली ढाङढुङ (कुरेली) समाज सेवाले घाेराहीमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै महराले दाङ निर्वाचन क्षेत्र नं २ मा रेखा शर्मालाई मतदान गर्न सबै मतदाताहरूलाई अपिल समेत गर्नुभएकाे छ । ‘युवा नेताहरूलाई अवसर दिनुपर्छ भनेर मैले प्रत्यक्ष र समानुपातिक उम्मेद्वार भएन,’ उहाँले भन्नुभयाे, ‘मैले २०४८ साल देखि पटकपटक संसदीय र राजकीय भूमिकामा रहेर काम गरेकाे छ, त्याे अनुभवकाे आधारमा दाङकाे विकासमा अब अभिभावकीय भूमिकामा रहेर काम गर्ने छु ।’

रेखा शर्माले निर्वाचन जितिसकेपछि मन्त्री भएर दाङकाे समग्र विकासमा भूमिका निर्वाह गर्ने महराले विश्वास व्यक्त गर्नुभयाे ।

दाङ प्रदेश २(१) र २(२) राजु खनाल र प्रचण्ड विक्रम न्याैपाने गुन्टुलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयाे ।

दाङमा प्रतिनिधिसभाका तीन ओटा र प्रदेशसभाका ६ ओटा गरेर ९ ओटै निर्वाचन क्षेत्रमा गठबन्धन जितकाे नजिक पुगिसकेको बताउनुभयाे । दाङकाे विकास निर्माणमा साझा प्रतिबद्धता आवश्यक भएकाे महराकाे भनाइ छ ।

प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले एमालेले दाङकाे राजधानी र बुटवल सार्ने चेष्टा गरिरहेकाे बताउनुभयाे । ‘धेरै मेहनत र कष्टले दाङ राजधानी आएकाे हाे, कसैले चाहेर बुटवल सार्न सक्दैन,’ उहाँले भन्नुभयाे, ‘गठबन्धनले दाङमा आएकाे राजधानीलाई कुनै हालतमा सार्न दिदैनाैं, त्यसका लागि गठबन्धनलाई बहुमत दिन जरूरी छ ।’

प्रदेशसभा दाङ २ (१) का उम्मेदवार राजु खनालले शंकर पाेख्रेलले अवसर पाएर पनि दाङकाे विकास निर्माणमा कुनै भूमिका निर्वाह गर्न नसकेकाे बताउनुभयाे । उहाँले लमही-तुलसीपुर सडक खण्ड बिस्तार ढिलाइ हुनुमा एमालेका नेताहरूकाे कारणले भएकाे बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्