दाङ, २८ कार्तिक ।
दाङ क्षेत्र नं २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार राजु खनालले जनताको माग अनुसार विकासका काम गरिने बताएका छन् । उनले घोराहीका विभिन्न स्थानमा मतदातासँग भेट घाटका क्रममा यस्तो बताएका हुन । स्थानीय जनताको माग अनुसार विकास निर्माणका काम गर्न आफुहरु लागि पर्ने बताए ।
‘जनताको माग अनुसार विकास निर्माणका काम भएमा प्रभावकारी समेत हुने छन्’ उनले भने । जसले गर्दा जनताले भोग्नु पर्ने समस्याको समाधान हुने समेत उनको भनाइ रहेको छ ।
भेटघाटका क्रममा मतदाताहरुले आफना क्षेत्रमा रहेका समस्याका बारेमा जानकारी गराएका थिए । उनीहरुले खानेपानी, शिक्षा, स्वास्थ्य, सडक तथा अन्य समस्याका बारेमा जानकारी गराएका हुन् ।
उप महानगरपालिका भए पनि विकासको हिसावले उपमहानगरपालिकाको अनुभुति गर्न नपाएको मतदाताले बताएका थिए । समस्याका वारेमा जानकारी लिदै खनालले आफु समस्या समाधान गर्न लागि पर्ने बताएका थिए । आफूहरु विजयी भएर गएर पिछडिएको क्षेत्रलाई प्राथमिक्ता दिएर काम गर्ने समेत उनले बताए ।
‘हामी यस क्षेत्रको समस्याका बारेमा जानकार छौ त्यसको समस्याको समाधान गर्न लागि पर्ने छौ’ उनले भने । हिजो पनि जनतासँगै रहेको र आउँदा दिनमा पनि संगै रहने उनको भनाइ रहेको छ । यस क्षेत्रको विकासमा विगतका वर्षहरुमा पनि काम गरेको भन्दै आउदा दिनमा पनि निरन्तरता दिने उनले बताए ।
‘केही काम भएका छन केही बाँकी छ वाँकी रहेका कामहरु पुरा गर्न हामी लागि पर्ने छौ’ उनले भने । आफुहरु सधै जनताको साथमा रहेको समेत उनले बताए । त्यसैले जनताले पनि आफुहरुलाई साथ दिने उनको भनाइ रहेको थियो ।
देशका लागि गठवन्धन आवश्यक रहेकाले गठवन्धनका उम्मेद्वारहरुलाई विजयी बनाउन समेत उनले आग्रह गरेका थिए ।