मतदाताहरु गठबन्धका पक्षमा सकारात्मक हुनुहुन्छ : सभापति हमाल – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मतदाताहरु गठबन्धका पक्षमा सकारात्मक हुनुहुन्छ : सभापति हमाल

    मा प्रकाशित

May be an image of one or more people, people standing and indoorदाङमा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरुको दौडधुप व्यापक बनेको छ । चुनावी परिणाम आफ्नो पक्षमा पार्नका लागि दौडधुप गरेका उनीहरुले आफूहरुका एजेन्डा मतदाताहरुलाई सुनाईरहेका छन् । दाङ क्षेत्र नम्बर ३ मा पनि गठबन्धन तथा एमालेका बीचमा मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । यसैक्रममा यो क्षेत्रमा गठबन्धनको चुनावी माहोलबारे नेपाली काङ्ग्रेस तुलसीपुर उपमहानगरपालिकाका नगर सभापति सुरेश हमालसँग कनिका खबरले कुराकानी गरेको छ ।

चुनावी अभियान कसरी चलिरहेको छ ?

दाङ क्षेत्र नं. ३ मा गठबन्धनका पक्षमा चुनावी माहोल अत्यन्त सकारात्मक रुपमा अगाडि बढेको छ । हामी चुनावी सभा तथा घरदैलौ कार्यक्रममा अनवरत रुपमा खटिरहेका छौँ । मतदाताहरु गठबन्धका पक्षमा सकारात्मक देखिनुभएको छ । हामीहरु अहिले गठबन्धनका उम्मेदवारहरुको सहज जीतका निम्ती चुनावी प्रचारमै सक्रिय छौँ । पहिलो चरणमा हामीहरुले वडा स्तरीय कार्यक्रमहरु गर्यौँ । दोस्रो चरणमा टोल स्तरीय कार्यक्रम गर्यौँ भने तेस्रो चरणमा ब्यक्तिगत भेटघाट,विभिन्न संघसंस्थाहरुको समन्वयका लागि छलफल कार्यक्रमहरु भइरहेका छन् । अहिले उम्मेदवार तथा हामी गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताहरु गठबन्धनको सहज जीतका निम्ति मतदाताको घरदैलोसम्म पुगेर उहाँहरुका माग, गुनासा सुनिरहेका छौँ । र ती माग सम्बोधनका लागि बचनबद्धता पनि गरिरहेका छौँ ।

मतदाताहरु के भन्छन् ?

मूलतः मतदाताहरुको अपेक्षा भनेकै विकास निर्माणको हो । पुल पुलेसा, सडक निर्माण, खानेपानी , स्वास्थ्य, शिक्षा लगायत नागरिकका मौलिक अधिकारका बिषयहरु प्राप्ति नभएका गुनासाहरु ब्यापक रुपमा आएका छन् । पटक पटक निर्वाचनमा मतदान गर्ने गरेको तर आफूहरुका समस्या यथावत् रहेको भन्दै मतदाताहरुमा चरम आक्रोश पनि पाईएको छ । यससँगै स्थिर सरकार निर्माण हुनुपर्छ भन्ने आवाज पनि मतदाताहरुको छ ।

स्थिर सरकार निर्माण हुन सके मात्रै विकास निर्माणले गति लिन्छ भन्ने बुझाई मतदाताहरुमा छ । फलतः मतदाताहरुका यी दुई खाले गुनासाहरुको सम्बोधन लागि अहिलेको गठबन्धन प्रतिवद्ध छ । निर्वाचनपछि गठबन्धनको स्थायी सरकार निर्माण हुने र त्यही सरकारले नै मतदाताहरुका आवश्यकता सम्बोधन गर्ने छ ।

मतदातालाई गठबन्धनका पक्षमा मतदान गर्ने कुरामा कसरी विश्वस्त हुनुहुन्छ ?

हामीहरुले मतदाताहरुलाई फकाउने भन्दा पनि यथार्थतालाई प्रस्तुत गरिरहेका छौँ । स्थायी सरकार निर्माण भयो भने विकासले गति लिन्छ, आधारभुत आवश्यकता पूर्ति हुन्छन् भन्नेमा कुनै शंका रहने कुरा भएन । अब निर्वाचनपछि गठबन्धकै स्थायी सरकार निर्माण हुने भएकाले यही सरकारले नै जनताका आधारभुत आवश्यकता पूर्ति गर्छ यो यथार्थ पनि हो । गठबन्धनका उम्मेदवार तथा राजनीतिक दलहरुले विकास निर्माणको आधार तयार गरेको अवस्था छ ।

जस्तो मलको प्राप्ति नहुँदा किसानहरुले वर्षेनी सास्ती पाउनु परिरहेको छ । मलको सहज आपूर्तिका लागि ६ महिना अघि नै मलको स्टक गरेर राख्न सकिने दृढता ब्यक्त गरिएको छ , यो सम्भव पनि छ । र हामीहरुले चुनावी एजेन्डा मार्फत गरेका प्रतिवद्धताहरु प्रति मतदाताहरु विश्वस्त बनेको अवस्था छ । गठबन्धनका उम्मेदवारहरुले विकास गर्छन् भन्ने दरिलो आधार मतदाताहरुमा तयार भएको छ । यो नै मतदाताहरुले गठबन्धनका पक्षमा मतदान गर्ने आधार हो । अर्को कुरा दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा विकासप्रेमी नेता दिपक गिरी जनताका साथमा रहनुभएको छ भने प्रदेशमा  विकासप्रेमी तथा सदैव जनताका साथमा रहँदै आउनुभएका ३(१)बाट डिल्लीबहादुर चौधरी र ३(२)बाट धनबहादुर मास्की रहनुभएको छ । जो जनताका साथमा लोकप्रिय नेताहरु भएका कारण पनि मतदातामा निकै उत्साह देखिएको छ ।

May be an image of 3 people and text that says 'हाम्रो उर्जा, हाम्रो अठोट! समृद्द दाडका लागि गठबन्धनलाई भोट!! मंसिर २०७९ लोकताज्की दलिय (पाच) जठवब्धन 乐 दीपक गिरी प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार निर्वाचन क्षेत्र नं. ३ે, दाड A डिल्ली बहादूर चौधरी धन बहादूर मास्की (राजेश) प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रदेश सभा सदस्य पदका उम्मेदवार निर्वाचन क्षेत्र नं. ३ (9), दाड निर्वाचन क्षेत्र नं. ३ (২). दाड चुनाव प्रचार-प्रसार समिति संयुक्त गठबन्धन, निर्वाचन क्षेत्र नं. ३ दाड'

तपाई यो क्षेत्रको चुनावी कमान्डिङ गरिरहँदा, चुनावी चुनौती कति छ ?

मैले अघि पनि भनेँ, मतदाताहरुले गठबन्धन र गठबन्धनका उम्मेदवारहरुलाई रुचाएका छन् । रुचाउनुको कारण र आधार मैले अघि पनि भनिसकेँ, यसर्थ हामीहरुले आगामी निर्वाचनमा कुनै चुनौती महसुस गरेका छैनौँ । र हामीहरुले निर्धक्क भन्छौँ कि हाम्रा उम्मेदवारहरुले सहज रुपमा चुनाव जित्नु हुने छ ।

जित्ने आधारहरु ?

पहिलो कुरा त राजनीतिक दलसँगै चुनावमा उम्मेदवारको व्यक्तित्वले पनि ठूलो अर्थ राख्छ । यसर्थ हाम्रो गठबन्धनका उम्मेदवाहरुको व्यक्तित्वमाथि प्रश्न उठाउने कुनै ठाउँ छैन । प्रतिनिधिसभा सदस्यका उमेदवार दिपक गिरी विकासका पर्याय हुनुहुन्छ । उहाँको आफ्नो सांसद कार्यकाल र मन्त्री कार्यकालमा उहाँमाथि कुनै प्रकारको लाञ्छना लाग्ने , टिकाटिप्पणी गर्ने ठाउँ रहेन । यसैगरी प्रदेश सभा सदस्यका उम्मेदवार डिल्लीबहादुर चौधरी जनताका आवश्यकतामा प्रतिवद्धताका साथ महत्वपूर्ण कार्यमा उहाँ सफल हुनु भयो । उहाँको सांसद तथा मन्त्री कार्यकाल माथि पनि कहीँ कतै आरोप, लाञ्छना लगाउने ठाउँ कतै भएन । किनकि आफ्नो जिम्मेवारी जे हो त्यो भन्दा बाहिर उहाँ जानु भएन । यसर्थ मैले यहाँ के भन्न खोजेको भने हाम्रा उम्मेदवारहरु निस्कलङ्कित र अरोप विहिन उम्मेदवारहरु हो । प्रदेशका अर्का उम्मेदवार धनबहादुर मास्की पनि जनताले खोजेको, जनताले चाहेको नेता हुनुहुन्छ ।

मैले अर्को कुरा के पनि भन्न चाहेँ भने बिपक्षी पक्षका उम्मेदवार र हाम्रो गठबन्धनका उम्मेदवारहरुको व्यक्तित्व आँकलन गर्ने कुनै आधारै छैन । उहाँहरुको ब्यक्तित्व भन्दा हाम्रा गठबन्धनका उम्मेदवारको व्यक्तित्व धेरै उचो छ । यसर्थ मतदाताहरुको रोजाईमा गठबन्धनका उम्मेदवारहरु पर्नेमा कुनै आशंका छैन । यसैगरी विकास निर्माण संग जोडिएका बिषयहरु,नागरिकको देनिक जनजिविकासंग जोडिएका बिषयहरुमा मतदाताहरुको भर बिश्वास गठबन्धन प्रति उच्च देखिएको छ र हामीहरुले जीत्ने अर्को बलियो आधार भनेको यो पनि हो ।

एकापसमा अपनत्वको महशुस बेस्सरी भएको छ । जसरी बिपक्षीहरुले गठबन्धनमा आवद्ध कार्यकर्ताहरुलाई बिभक्त गर्न खोजिरहेका छन्, त्यो उनीहरुको सपना मात्रै हो । किनकी देशलाई बर्बादी तिर धकेल्न खोज्ने, नेपालको मुल कानुन च्यात्न खोज्ने र देशलाई गतिहीनताको अवस्थामा पुर्याउने गलत प्रबृत्तिका बिरुद्धमा आम नागरिक एक भएर उभिनु हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्