दाङ,२९ कात्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन चार दिन मात्रै बाँकी रहदा गठबन्धनका उम्मेदवारहरुले प्रचारप्रसारको कार्यलाई व्यापक बनाएका छन् । निर्वाचन प्रचारप्रसारसँगै आफ्नो पक्षमा मत जुटाउनका लागि गठबन्धनमा आवद्ध दलहरुले मंगलवार घोराही बजारमा वृहत घरदैलो गरेका हुन ।
घोराही उपमहानगरपालिका–१५ ट्राफिक चोकबाट सुरु भएको घरदैलोमा गठबन्धनबाट दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य रेखा शर्मा, प्रदेशसभा सदस्य क्षेत्र नं. २ (१)का उम्मेदवार राजु खनाललगायत नेपाली कांग्रेसकी नेतृ एवं राष्ट्रियसभा सदस्य अनिता देवकोटा, नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगी,माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज निर्मल आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य,एकीकृत समाजवादी पार्टीलगायतका नेता तथा मतदाताहरुको उत्साह जनक सहभागीतामा घरदैलो गरिएको थियो ।
घरदैलोका क्रममा उम्मेदवारहरु तथा नेताहरुले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा तथा दाङको समृद्धिका लागि गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । उनीहरुले अहिलेको निर्वाचन मतदान मात्रै नभएर उपलव्धी रक्षा गर्ने र नगर्ने शक्तिविचको हारजितको लडाई समेत रहेकाले मतदाताहरुलाई परिवर्तनका पक्षमा मतदान गर्न आग्रह गरेका थिए । उम्मेदवारहरुले घरदैलोका क्रममा मतदातालाई भेटेर पार्टीमात्रै नभनेर उनीको विगतमा सत्तामा पुग्दा गरेका कामहरुको मुल्याङकन गरेर मतदान गर्न आग्रह गरेका थिए ।
घरदैलोका क्रममा मतदाताहरुले गठबन्धनका उम्मेदवारहरुलाई बिजयको अग्रिम शुभकामना दिदै निर्वाचन जिछेपछि आफ्नो ठाउँको विकास निर्माणका कार्यमा ध्यानदिन आग्रह गरेका थिए । मतदाताहरुले कांग्रेस–कम्युनिष्ट मिले मात्रै देशको लोकतन्त्र, गणतन्त्र, संघीयतालगायतका उपलव्धीहरु रक्षासँगै विकास भन्दै त्यसलाई इतिहासले समेत पुष्टि गरेको बताएका थिए । घरदैलो सिद्धार्थ गौतमनगर टोल हुँदै बजार परिक्रममा गरेको थियो ।
दाङ,२९ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन चार दिन मात्रै बाँकी रहदा गठबन्धनका उम्मेदवारहरुले प्रचारप्रसारको कार्यलाई व्यापक बनाएका छन् । निर्वाचन प्रचारप्रसारसँगै आफ्नो पक्षमा मत जुटाउनका लागि गठबन्धनमा आवद्ध दलहरुले मंगलवार घोराही बजारमा वृहत घरदैलो गरेका हुन ।