दाङ, १ मंसिर । बाम लोकतान्त्रीक गठबन्धन दाङले आगामी ४ गते हुदै गरेको प्रतिनिधि सभा र प्रदेश सभानिर्वाचनमाबामलोकतान्त्रीक गठबन्धनका उम्मेदवाहरुलाई मतदानगर्न दाङवासीलाई आग्रह गरेका छन् ।
बाम–लोकतान्त्रीक गठबन्धनमा आबद्ध नेपाली काग्रेसका सभापतीशंकर प्रसाद डाँगी, नेकपामाओवादी केन्द्र दाङका सचिव विश्वराजआचार्य, नेकपाएकिकृत सामाजवादीकाअध्यक्ष शुरामणी वेलबासे र राष्ट्रिय जनमोर्चा दाङकाअध्यक्ष गणेश आचार्यले आज संयुक्त विज्ञप्ती निकालेर संविधानको रक्षा, स्थिरता र समृद्धिका लागी गठबन्धनका साझाउम्मेदवारलाई मतदानगर्न आग्रहगर्नुभएको हो ।
प्रतिनिधि सभा पटक पटक विघटन पश्चातमुलुकअहिले संविधान र समावेशीलोकतान्त्रिक गणतन्त्रको पक्षधर शक्ति र यस्को विरोधीशक्तिका रुपमाविभाजीतभएको भन्दै विज्ञप्तीमा संविधान र समावेशीलोकतन्त्रको पक्षधरलाई मतदानगरि विजयी गराउनआग्रहगरिएको छ ।
बामलोकतान्त्रीक गठबन्धनले प्रतिनिधि सभातर्फ दाङ क्षेत्र न १ का साझाउम्मेदवार मेटमणी चौधरीलाई कलमचिन्हमा, क्षेत्र नम्बर २ का उम्मेदवार रेखाशर्मालाईगोलाकार भित्रको हँसियाहथौडामा, क्षेत्र नम्बर ३ का उम्मेदवार दिपकगिरीलाई रुख चिन्हमा छाप लगाउनआग्रह गरेको छ ।
त्यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (१)माइन्द्रजीतथारुलाई गोलाकार भित्रको हँसियाहथौडा चिन्हमा, १(२) मा अनुराग खड्कालाई रुख चिन्हमा, २(१) मा राजु खनाललाई रुख चिन्हमा, २(२) मा प्रचण्ड विक्रमन्यौपाने गुन्टुलाई रुख चिन्हमा, ३(१) का डिल्ली वहादुर चौधरीलाई रुख चिन्हमा र ३(२) माधनवहादुर मास्की (राजेश)लाई गोलाकार भित्रको हँसियाहथौडामा मतदानगर्न आग्रह गरेको छ ।
“गठबन्धनका साझाउम्मेदवारलाई निर्वाचित गराउनकालागिअहोरात्र खट्न एवं मतदानगर्न गठबन्धका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायतदाङवासीजनसमुदायमाहार्दिक अपिलगर्दछौं ।” विज्ञप्तीमा भनिएको छ ।