क्यान्सर पीडित अधिकारीद्वारा सहयोगको अपील – Kanika Khabar
Friday, April 19Nepali News Portal

क्यान्सर पीडित अधिकारीद्वारा सहयोगको अपील

    मा प्रकाशित
निराज रानाभाट
चितवन, २ मंसिर ।
आर्थिक अवस्था नाजुक रहेको चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ५ का क्यान्सर राेगबाट ग्रसित धर्मराज अधिकारीले सहयोगकाे अपिल गरेका छन । विगत लामो समयदेखि क्यान्सर राेगबाट ग्रसित चितवन जिल्लाको भरतपुर महानगरपालिका – ०५ , ताेरीखेत ( नारायणपुर ) निवासी धर्मराज अधिकारीले आफ्नो घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको साथै आय आर्जनको स्रोत समेत नभएकोले उपचारमा समस्या भएकोले देश तथा विदेशमा रहेका नेपालीसँग सहयोगकाे अपिल मागेका छन ।
क्यान्सर राेगबाट ग्रसित धर्मराज अधिकारी अहिले चितवनको भरतपुर महानगरपालिका – ०७ , कृष्णपुरस्थित वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन ।
आफ्नो उपचारको लागि धर्मराज अधिकारीले चितवनकाे भरतपुर महानगरपालिका वडा नम्बर ५ काे वडा कार्यालयबाट भरतपुर महानगरपालिका नगर कार्यपालिकाकाे कार्यालयलाई सिफारिस समेत बुझाइसकेको छन ।
क्यान्सर राेगबाट ग्रसित चितवनको भरतपुर महानगरपालिका ५ निवासी धर्मराज अधिकारीलाई सहयोग गर्नको लागि ९८४५४२२५०२ अथवा ९८०९१८९१११ मा फाेन गरेर आर्थिक सहयोग गर्न सकिन्छ ।
No description available.
"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्