स्थानीयले खुस्काईदिए घोराहीका मेयरको गाडीको हावा – Kanika Khabar
Thursday, April 18Nepali News Portal

स्थानीयले खुस्काईदिए घोराहीका मेयरको गाडीको हावा

    मा प्रकाशित

घोराही,३ मंसिर ।
निर्वाचनका लागि मतदान गर्ने एक दिन मात्रै बाँकी रहेको समयमा दाङको घोराही उपमहानगरपालिकाका प्रमूख नरुलाल चौधरीले प्रयोग गर्ने गाडीको स्थानीयवासीले हावा खुस्काइ दिएका छन् ।

घोराही उपमहानगरपालिका १७ को गाँउमा चुनाव प्रभावित पार्न र आर्थिक प्रलोभनमा पार्नका लागि गाँउमा आएको भन्दै स्थानीय वासिन्दाले नगर प्रमूख चढ्ने घोराही उपमहानगरपालिकाको रा १ झ १४५ नम्बरको गाडीको हावा खुस्काइ दिएका हुन । स्थानीयले नियन्त्रणमा लिएर हावा खुस्काइदिएको गाडी प्रशासनको जिम्मा लगाएका छन् ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका एमाले महासचिव शंकर पोख्रेललाई जिताउन नगर प्रमूख चौधरी आज बिहानै उक्त गाउँमा पुगेका थिए ।

यसअघि पनि नगर प्रमुख चौधरी निर्वाचन आचार संहिताको उल्घंन गर्दै एमाले महासचिव शंकर पोख्रेलको चुनावी प्रचारमा हिड्दै र प्रचार प्रसारमा हिडिरहेका थिए । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नरुलाल चौधरी निर्वाचित भएका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्