हवाइ गस्तीदेखि सेटलाइट सेक्युरीटी : प्रजिअ रेग्मी – Kanika Khabar
Saturday, April 20Nepali News Portal

हवाइ गस्तीदेखि सेटलाइट सेक्युरीटी : प्रजिअ रेग्मी

    मा प्रकाशित

भोलि अर्थात् मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुँदैछ । त्यसका लागि मौन अवधि त सुरु भएको छ तर सुरक्षा चुनौती पनि हुनसक्छन् । एजेन्टहरूका कुरा नसुन्नेदेखि समयमा मतपेटिका मतगणना स्थलमा नआउने पनि अवस्था हुनसक्छ । निर्वाचनको व्यवस्थापन, सुरक्षाकर्मीको परिचालनलगायत आधुनिक सुरक्षा प्रणालीका विषयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसँग  पत्रकार खेमराज रिजालले गरेका कुराकानीको सार संक्षेप ।

कस्तो छ, सुरक्षा व्यवस्थापन आसन्न निर्वाचनमा ?

उत्तरः हेलिकोप्टरबाट निरीक्षण सहित स्याटलाइट सुरक्षासम्मको प्रबन्ध भएको छ । आम मतदातालाई ढुक्कसँग मतदान स्थलमा आउन हामीले व्यवस्थापन मिलाइसकेका छौँ । मतदान स्थलमा आवान्छित सुरक्षा गतिधिमा उलङ्घन गर्नेहरूलाई हामीले मोवाइल फोर्स पनि तयार गरिसकेका छौँ । त्यसमा पोशाक सहितका पनि हुन सक्छन्, पोशाक नलगाएका सुरक्षाकर्मी पनि हुनसक्छन् । निर्वाचनलाई भव्य, सभ्य र सुरक्षित बनाउनका लागि जिल्ला निर्वाचन कार्यालय, प्रमुख निर्वाचन अधिकृतको कार्यालयलगायत सबै निकायहरू हामी परिचालित भइसकेका छौँ ।

दाङ जिल्लामा सुरक्षा थ्रेटको कुनै स्थानमा छ कि ?

कहीँकतै सानातिना दलका नाममा भएका पनि छन् तर उनीहरू यो निर्वाचनमा हतियारसहित वा विध्वंसात्मक गतिविधि सहित आउने अवस्था मैले र मेरो सुरक्षा टिमले देखेको छैन । तैपनि हामी यस्ता गतिविधिहरू कहीँकतै हुन सक्छन् भनेर गम्भीर छौँ । मलाई लाग्छ, दाङ जिल्लामा हुने संघ र प्रदेशको निर्वाचन भव्य र सभ्य एवम् सुरक्षित हुनेछ भन्ने आम मतदातालाई विश्वस्त पार्न चाहन्छु ।

सुरक्षा संयन्त्रको कुरा गर्नुभयो, कति सुरक्षाकर्मी, कति म्यादी, कति सशस्त्रको सुरक्षा प्रबन्ध मिलाउनुभएको छ ?

तपाईंको प्रश्नभन्दा मेरो उत्तर छोटो हुन सक्छ । त्यसैको व्यवस्थापनमा म पश्चिम दाङको गंगटेदेखि पूर्वी दाङको कोइलाबाससम्म पनि हामीले निरन्तर सुरक्षा व्यवस्थापन गरिरहेका छौँ । निर्वाचनको सुरक्षाका लागि मैले सर्टकटमा भन्नुपर्दा कम्तिमा ६ हजार सुरक्षाकर्मीले निर्वाचनको सुरक्षा दिइरहेका छौँ, त्यसमा म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा आवश्यक परेमा सेना पनि परिचालिन हुनेछन् । सेना कुन हिसाबले परिचालित हुने भन्ने सन्दर्भमा आवश्यकताअनुसार हो ।

सिडिओको भूमिका पनि तपाईंहरूले देखिरहनुभएकै छ । जिल्ला प्रहरी प्रमुखको परिचालन पनि तपार्इँहरूले देखिरहनुभएकै छ । हामी सबैको सामूहिक र सामाजिक दायित्व भनेकै निर्वाचनलाई भव्य र सभ्य बनाउने हो । मतदातालाई सुरक्षाको अनुभूति गराउने हो । त्यसमा कहीँकतै कमजोरी भएको भए हामीलाई सुझाव दिनुहोला । मतदाता सुरक्षाका विषयमा हामी अत्यन्तै गम्भीर छौँ ।

मतदान त तपाईंहरूले सुरक्षित रूपमा सम्पन्न गर्ने बताउनुभयो, कति समयमा मतदान स्थलबाट मतगणना स्थलसम्म मतदेटिका आइपुग्छन् ?

हो, हामीले सबै मतदान स्थल वा केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिसकेका छौँ । कुनै स्थलमा सडक एक÷दुई मिटरको दूरीमा नपुगेको हुनसक्छ तर यो पटकको निर्वाचनको व्यवस्थापन अलि सहज पनि भएको छ । गंगटेको मतपेटिकादेखि कोइलाबास सम्मको मतपेटिका हामीले मतदान सकिएको दुई घण्छटाभित्रै सम्बन्धित निर्वाचन क्षेत्रको मतगणना स्थलसम्म ल्याउने तपाईँको पत्रिकामार्फत विश्वास दिलाउन चाहन्छु । मतगणनाको परिणाम कहिले भन्ने विषयमा त मैले बोल्न मिल्दैन । मलाई लाग्छ, कम्तिमा ५ दिनभित्र मतगणनाको परिणाम आइसक्ने गरी मैले सुरक्षा प्रबन्ध मिलाएको छु् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्