देशैभर एकै साथ मतदान सुरु – Kanika Khabar
Sunday, September 15Nepali News Portal

देशैभर एकै साथ मतदान सुरु

    मा प्रकाशित

दाङ, ४ मंसिर ।
आज आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न बिहान ७ बजेबाट देशैभर एकसाथ मतदान सुरु भएको छ।

निर्वाचन आयोगले बिहान ७ बजेदेखि सुरु भएको मतदात साँझ ५ बजेसम्म हुने जानकारी दिएको छ ।

देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । ती मतदान केन्द्रबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउनेछन्।

त्यसबाहेक समानुपातिकतर्फका लागि अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ। ४ लाख ५० हजार अस्थायी मतदाता छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ४ सय १२ र प्रदेशसभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

चुनावबाट प्रतिनिधिसभाका २७५ सदस्य र प्रदेश सभाका ५५० सदस्य चयन हुनेछन्। प्रतिनिधिसभाका लागि १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट चयन हुनेछन् भने सात वटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० जना र समानुपातिकतर्फ २२० जना निर्वाचित हुनेछन्।

चुनावका लागि गृहमन्त्रालयले शनिबार मध्यरातिबाट यातायात बन्द गरिसकेको छ। तर, मतदानका दिन अत्यावश्यक सेवाको लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारी साधनलाई अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ। त्यसबाहेक सवारी पास लिएका सवारीसाधन र अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन हुनेछन्।

सरकारले निर्वाचनको अवसरमा आइतबार र सोमबारका लागि देशभर सार्वजनिक बिदा दिएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्