मा प्रकाशित
मङ्सिर ४ , रोल्पा ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पूर्व सभामुख कृष्णबहादुर महराले आफ्नो मतदान केन्द्र रोल्पाबाट पहिलो मतदान गरेका छन । महराले रोल्पा नगरपालिका १ स्थित तारा माध्यामिक विद्यालयबाट पहिलो मतदान गरेपछि उक्त केन्द्रमा मतदान सुरु भएको थियो ।
मतदानपछि संक्षिप्त कुराकानी गर्दै महराले भने यो निर्वाचन अन्य निर्वाचन जस्तै सामान्य निर्वाचन होइन । दशकौं देखिको आन्दोलनको उपलब्धि स्वरूप जनताले प्राप्त गरेको जनताको संबिधानको रक्षक र भक्षक बिचको लडाई हो ।
संबिधान मास्न खोज्ने र देशलाई अस्थिरता तर्फ डोर्याउने प्रतिगामी शक्तिलाई जनताले चिनिसकेकाले प्रतिगामीलाई निर्वाचनबाट जनताले परास्त पार्नेछन र अग्रगामी शक्ति बाम-लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा विजयी हाँसिल गर्ने छ ।
संबिधान निर्माणपछि दोश्रो कार्यकालका लागि आज भइरहेको मतदानमा बिहानैदेखि मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ।