आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने – Kanika Khabar
Thursday, September 19Nepali News Portal

आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने

    मा प्रकाशित

दाङ, ४ मंसिर ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने बताएका छन् ।

आज बिहान भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थपलियाले भने, ‘आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुन्छ, ७ बजेसम्म मतपेटिका संकलन गर्ने र एक घण्टा छलफल गरेर आजै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुनेछ ।’

हिमाली जिल्लामा भने मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेबाट नै मतगणना सुरु गर्ने बताए । निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए ।

उनले प्रत्यक्षतर्फको नतिजा आगामी ८ दिन भित्रमा प्रकाशित गर्ने र मंसिर २२ गते भित्र सबै नतिजा राष्ट्रपतिलाई बुझाइने जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्