कर्मचारीकै गल्तीका कारण तुलसीपुर –१० को एक केन्द्रमा रोकियो मतदान – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

कर्मचारीकै गल्तीका कारण तुलसीपुर –१० को एक केन्द्रमा रोकियो मतदान

    मा प्रकाशित

दाङ, मंसिर ४ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा न १० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल (ग) मा रहेको मतदान केन्द्रको कर्मचारीको गल्तीका कारण मतदान रोकिएको छ।

क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर-१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ( ग) मा  मतदान अहिले रोकिएको छ।

उक्त मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीले निर्वाचनमा खटिएका कर्मचारीहरूको गल्तीले प्रदेश सभाको मात्रै मतपत्र पठाइएकाले समस्या बताउनुभयो ।

पहिलो पटक ५० वटा मतपत्रको बन्डल पठाउँदा नबिग्रीएको र दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै बताउनुभयो । ४२ जनाले मत खसालिसकेपछि मात्र थाहा भएको र अब के गर्ने भन्ने विषयमा माथिल्लो निकायमा सोधिएको घर्तीले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्