नवलपरासी पूर्वको एक मतदान केन्द्रको मतपेटिका आगजनी – Kanika Khabar
Sunday, September 15Nepali News Portal

नवलपरासी पूर्वको एक मतदान केन्द्रको मतपेटिका आगजनी

    मा प्रकाशित

नवलपुर, ४ मंसिर ।
नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नं. ४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ ।

स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेश सभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो ।

आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ । उनले मतपेटिकामा बडी लोसन दलेर खसाएको बयान दिएका छन् । आगजनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्