मा प्रकाशित
बाजुरा, ४ मंसिर ।
बाजुरामा गोली चल्दा तीन जना घाइते भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ७ मा गोली चल्दा तीन जना घाइते भएका हुन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार एक जनाको अवस्था गम्भीर छ ।
घाइतेहरूको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरी अस्पताल लगिएको छ ।