बाजुरामा गोली चल्दा एक जनाको मृत्यु, तीन जना घाइते – Kanika Khabar
Sunday, September 15Nepali News Portal

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु, तीन जना घाइते

    मा प्रकाशित

बाजुरा, ४ मंसिर ।
बाजुरामा चलेको गोलीबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २५ वर्षीय सञ्जिव अएडी रहेको बताइएको छ । जिल्लाको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ । यस क्रममा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्