मा प्रकाशित
डडेल्धुरा, ५ मंसिर ।
डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवाले शुरुवाती अग्रता लिएका छन् ।
अपरान्ह पाँच बजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस विपीका कर्णबहादुर मल्लले १४१ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ९७ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्।