दाङ २ मा माओवादी केन्द्रकी रेखाको अग्रता, एमाले भन्छ प्रभाव क्षेत्र आउनै बाँकी – Kanika Khabar
Thursday, September 19Nepali News Portal

दाङ २ मा माओवादी केन्द्रकी रेखाको अग्रता, एमाले भन्छ प्रभाव क्षेत्र आउनै बाँकी

    मा प्रकाशित

दाङ, ५ मंसिर ।
दाङको निर्वाचन क्षेत्र नं. २ मा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम गरेकी छिन् । मत परिणामको सुरुआती अग्रता लिएकी शर्माले ५७८६ मत गणना हुँदा एमालेका महासचिव पोखरेल शर्मा भन्दा ६८३ मतले पछाडि परेका छन् । सत्ता गठबन्धन दलको समर्थन पाएकी रेखाले २४३४ ल्याउँदा पोखरेलले १७५१ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ६७४ मत ल्याएका छन् ।

अहिले सत्ता गठबन्धनको पैभाव रहेका क्षेत्रको मत गणना भइरहेको छ । स्थानीय तहको निर्वाचनमा पनि यो क्षेत्रमा सत्तारुढ गठबन्धनमा रहेका दलका उम्मेदवारले जितेका थिए ।

नेकपा एमालेले एमालेको प्रभाव क्षेत्रको मत गणना हुन बाँकी रहेको जनाएको छ । एमालेको प्रभाव क्षेत्रको मत गणना हुँदा मतान्तर कम गर्दै लिड गर्न सकिने एमाले स्रोतले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्