विश्वकप फुटबल : इरानमाथि इंग्ल्याण्डको सानदार जित – Kanika Khabar
Friday, May 16Nepali News Portal

विश्वकप फुटबल : इरानमाथि इंग्ल्याण्डको सानदार जित

    मा प्रकाशित

दाङ, ५ मंसिर ।
कतारमा जारी फिफा विश्वकप फुटबलमा इङ्गल्यान्डले विजयी सुरुवात गरेको छ । आज सोमबार भएको समूह ‘बी’ को पहिलो खेलमा इङ्गल्यान्डले इरानलाई ६–२ गोलको नतिजामा पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा इङ्गल्यान्डका लागि बुकायो साकाले दुई तथा ज्युड वेलिङगाम, राहिम स्टर्लिङ्ग, मार्कस रासफर्ड र ज्याक ग्रिलिसले एक एक गोल गरे ।

इरानका मेदी तारेमीले २ गोल फर्काए । जितसँगै इङ्गल्यान्डे समूह बी मा तीन अंक जोडेको छ ।

आज ९ः४५ बजे हुने खेलमा समूह ए का नेदरल्यान्ड्स र सेनेगल भिड्दैछन् भने, राती १२ः४५ बजे हुने खेलमा समूह बी कै अमेरीका र वेल्स प्रतिस्पर्धा गर्दैछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्