आज पनि देशका धेरै स्थानमा वर्षा हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

आज पनि देशका धेरै स्थानमा वर्षा हुने

    मा प्रकाशित

कनिका खबर
असार १३, दाङ ।
आज पनि देशका धेरै स्थानमा वर्षा हुने मौसमविद्हरूले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार आज दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
प्रदेश १, २, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको उनले बताइन् । यस्तै राति पनि सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा प्रदेश १, २, बागती तथा गण्डकी र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज तुलनात्मक रूपमा वर्षा केही कम हुने र भोलि वर्षा अरू बढ्ने बासीले बताइन् । महाशाखाका अनुसार अहिले बिहान पनि देशका थोरै स्थानमा वर्षा भइरहेको छ । वर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ ।
देशभर मनसुन सक्रिय हुनाका साथै नेपालको दक्षिणी सीमा नजिकै मनसुनको न्यून चापीय रेखा रहेकाले मौसम बदली र वर्षा बढेको मौसमविद्ले बताएका छन् । मौसमविद् बासीका अनुसार अझै २–३ दिन वर्षा रोकिने सम्भावना देखिँदैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्