काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई बधाई दिदै प्रधानमन्त्री बनाउने जिम्मेवारी लिए – Kanika Khabar
Friday, May 16Nepali News Portal

काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई बधाई दिदै प्रधानमन्त्री बनाउने जिम्मेवारी लिए

    मा प्रकाशित

दाङ, ६ मंसिर ।
नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन कुमार थापालाई बधाई ज्ञापन गर्दै संसदीय दलको नेतामा प्रस्ताव गर्ने घोषणा गरेका छन् । प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ ४ बाट संघीय संसदको सदस्यमा निर्वाचित भएका काङ्ग्रेस महामन्त्री थापालाई बधाई दिंदै महामन्त्री शर्माले संसदीय दलको नेतामा आफूले प्रस्ताव गर्ने बताएका हुन् ।

महामन्त्री थापालाई सामाजिक सञ्जाल फेसबुकमा बधाई ज्ञापन गर्दै महामन्त्री शर्माले लेखेका छन्, ‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ ।’

महामन्त्री गगन थापा काठमाडौं–४ बाट विजयी भएका छन् । उनले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै थापा विजयी भएका हुन् ।

भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्‍मेदवार १३ हजार ८५५ मात्र मत ल्याए ।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।

०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।

३१ वर्षे उमेरमै समानुपातिक सांसद रहेका थापा लगत्तै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अहिले उनी कांग्रेस महामन्त्री छन् ।

गगन थापाले प्रतिनिधिसभाको निर्वाचनअघिदेखि नै आफू संसदीय दलको नेतामा लड्ने बताउँदै आएका छन्। कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने चलन छ। विश्वप्रकाशले थापालाई यसमा साथ दिने उल्लेख गर्दै आएका छन्।

महामन्त्री शर्मा पनि झापा क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् भने शर्माले पनि अग्रता बनाइरहेका छन् । उनी निकै फराकिलो मतान्तरसहित अग्रतामा छन् । अहिलेसम्मको मत परिणाम अनुसार शर्माले २३ हजार ३ सय ८५ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पधी नेकपा एमालेका अग्नी प्रसाद खरेलले १४ हजार ४५ मत प्राप्त गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्