कतार विश्वकपमा किन यति लामा लामा अतिरिक्त समय दिइँदैछ ? – Kanika Khabar
Friday, April 19Nepali News Portal

कतार विश्वकपमा किन यति लामा लामा अतिरिक्त समय दिइँदैछ ?

    मा प्रकाशित

एजेन्सी ।

विश्वकप सुरु भएको दुई दिन मात्र भएको छ तर यस अवधिमा एउटा कुरा प्राय खेलमा देखियो– लामो लामो अतिरिक्त समय (स्टपेज स्टपेज टाईम ) ।

विश्वकपका पहिलो चार खेलमा झण्डै ६५ मिनेट अतिरिक्त समय थपियो । इरान र इङ्ल्यान्डबीचको खेल अविश्वसनीय अतिरिक्त समय थपेर ११७ मिनेट र १६ सेकेन्ड चलेको थियो । अर्थात् ९० मिनेट हुने खेल २७ मिनेट अतिरिक्त समय खेलियो ।
यो लामो समयमा आंशिक रूपमा खेलाडीलाई लागेको चोट जिम्मेवार रह्यो । इरानका गोलकिपर अलिरेजा बेइरानभान्डलाई खेलको सुरुमा अर्का खेलाडीसँग टाउको जुध्दा नराम्रो चोट लागेको थियो ।
यसमा फिफाको पछिल्लो परिवर्तनले पनि केही भूमिका छ । फिफाले निर्धारित समयमा खेल रोकिने अवधिलाई सटीक रूपमा अनुगमन सुरु गरेको छ । यसै कारण खेर गएको समय सटिक रूपमा अतिरिक्त समयमा थपिन लागेको हो ।

फुटबल खेलमा खेलाडीलाई चोटपटक लाग्दा, रेफ्रीले निर्णय लिन भिडियो एसिस्टेन्टको सहयोग लिँदा, खेलाडी परिवर्तन भइरहँदा, पेनाल्टी हान्ने तयारी भइरहँदा र रातो कार्ड दिइएपछि खेलाडी बाहिरिँदा खेल अवरुद्ध हुने गर्छ । केही खेलाडीहरूले खेलको समय कटाउन माथि उल्लेखित अवधिमा जानाजान ढिलो सुस्ती गर्ने गर्छन् ।

फिफाका रेफ्री समितिका अध्यक्ष पियर्लुइगी कोलिनाले गत हप्ता चौथो अधिकारीलाई यस प्रतियोगितामा खेलको समयमा खेर गएका अवधिलाई सटिक रूपमा अनुगन गर्न निर्देशन दिएको जानकारी दिए । सन् २०१८ को रुसमा आयोजना भएको प्रतियोगितामा पनि यही गर्न खोजिएको कोलिनाले भनिन् ।

‘रुसको विश्वकपका खेलहरूमा पनि हामीले खेर गएको समयको क्षतिपूर्तिमा सटीक रूपमा समय थप्ने कोसिस गरेका थियौँ । ती खेलमा ६, सात वा आठ मिनेट थपिएका थिए,’ कोलिनाले प्रि–टूर्नामेन्ट ब्रिफिङगमा पत्रकारहरूलाई भने ,‘ आफै सोच्नुस् न पहिलो हाफमा यदि तीन गोल भए भने त्यसको उत्सव मनाउन नै चार– पाँच मिनेट खेर जान्छ ।’

यही नयाँ दृष्टिकोणको कारण पछिल्लो समय अतिरिक्त समयका नयाँ रेकर्ड बन्न थालेको छ । ओप्टाजोईका अनुसार, गत सोमबार एउटै विश्वकपमा सबैभन्दा सबैभन्दा धेरै अतिरिक्त समय थपिएका चार हाफ देखियो । जुन, निम्न बमोजिम छन्  :

इङ्ल्यान्ड भर्सेस इरान पहिलो हाफ (१४ः०८ मिनेट)

इङ्ल्यान्ड भर्सेस इरान दोस्रो हाफ (१३ः०८)

अमेरिका भर्सेस वेल्स दोस्रो हाफ (१०ः ३४)

सेनेगल भर्सेस नेदरल्याण्ड दोस्रो हाफ (१०ः०३)

रोचक के रह्यो भने ती सबै थपिएको समयमा गोल भयो । इङ्ल्यान्ड भर्सेस इरानको खेलमा मेहदी तारेमीको पेनाल्टीमार्फत १०२ः३० मिनेटमा गोल भयो, जुन विश्वकपमा सबैभन्दा ढिलो भएको गोल थियो । त्यसपछि दोस्रो सबैभन्दा ढिलो गोल नेदरल्यान्ड्सका लागि डेभी क्लासेनले ९८ मिनेट १७ सेकेण्डमा भयो ।

यो नयाँ शैलीले पक्कै पनि सोसल मिडियामा हलचल पैदा गरेको छ, केही प्रशंसकहरूले फिफाको कदमले समय बर्बाद गर्नेहरू निरुत्साहित हुने भन्दै प्रशंसा गरे । तर अरूले भने अनावश्यक रूपमा लामो खेल भएको भन्दै विरोध गरेका छन् ।

बीबीसीबाट

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्