दाङ, ७ मंसिर ।
नेकपा एमाले दाङ २(१) का उम्मेदवार बलिभद्र रानाले आफ्ना प्रतिस्पर्धी तथा नेपाली काङ्ग्रेसका विजयी उम्मेदवार राजु खनाललाई बधाई ज्ञापन गरेका छन् । आज एक प्रेस नाेट जारी गरी रानाले विजयी उम्मेदवार खनाललाई बधाई तथा मतदाताहरूलाई आभार प्रकट गरेका छन् ।
प्रेस नाेट
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका परिणाम आउन थालेका छन् ! यसैक्रममा, दाङ क्षेत्र नं. २ (१)को निर्वाचन परिणाम पनि भर्खरै सार्वजनिक भएको छ र मेरा मित्र श्री राजु खनालजी विजयी बन्नु भएको अनौपचारिक घोषणा समेत गरिएको छ। यस अवसरमा उहाँलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।
यस निर्वाचनमा नेकपा (एमाले) तर्फबाट सर्बसम्मत रूपमा मलाई लुम्बिनी प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएर अबसर दिनु हुने सम्पुर्ण पार्टी नेता कार्यकर्ताहरु प्रति र आफ्नो विश्वासको मत दिनुहुने सम्पूर्ण आदरणीय मतदाताज्युहरु प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यस अभियानमा सरिक हुनुहुने पार्टी नेता, कार्यकर्ता, समर्थक, मेरा आफन्त,साथिभाइ र शुभचिन्तकहरूप्रति हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दछु ।
निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्वन्ध, सम्पर्कलाई थप बिस्वस्नियता र बलियो बनाउने, यस क्षेत्रका जनताले चाहेको दाङबाट यथासिघ्र लुम्बिनी प्रदेश राजधानी कार्यान्वयन गर्ने, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको भौतिक पुर्बाधार निर्माण तथा शैक्षिकसत्र संचालन , धर्नामा ब्यापारिक औद्योगिक क्षेत्र घोषणाको कार्यान्वयन,दाङमा सरकारी इन्जिनियरिङ क्याम्पसको बजेट ब्यबस्थापन र सन्चालन, प्रस्तावित दाङ नारायणपुर एअरपोर्ट लगायत समग्र दाङको विकास निर्माण तथा सबै संघ सस्था, युवाहरूको चाहना र आवश्यकतालाई सधै उच्च प्राथमिकतामा राखेर सहकार्य सहयोग गरेर निरन्तर जनताका काममा क्रियाशील भई लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दछु !
यसरी मलाई सल्लाह ,सुझाव , सहयोग, माया र प्रेरणा तथा हौसला प्रदान गर्नुहुने सबैप्रति मेरो सँधै उच्च सम्मान रहिरहनेछ ! म मेरो आफ्नो कार्यक्षेत्र बिकास निमार्ण ,समाज सेवा तथा आफू सम्बद्ध रहेको पार्टी – नेकपा( एमाले)प्रति सधै समर्पित रहिरहनेछु ।
मेरा सम्पुर्ण सबैप्रति पुनः हार्दिक आभारसहित धन्यवाद
बलि भद्र राना
लुम्बिनी प्रदेश सभा सदस्यका लागि उम्मेदवार
दाङ क्षेत्र नं. २ (१)
७ मंसिर २०७९