जिल्लाकै सर्वाधिक राशिको मीन बहादुर केसी स्मृती कप फुटबल हुँदै – Kanika Khabar
Friday, March 29Nepali News Portal

जिल्लाकै सर्वाधिक राशिको मीन बहादुर केसी स्मृती कप फुटबल हुँदै

    मा प्रकाशित

लक्ष्मण बस्नेत
१२ मंसिर दाङ ।
दाङ तुलसिपुरको दमारगाउँमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको स्वर्गीय मीन बहादुर केसि स्मृति कप फुटबल प्रतियोगिता २०७९ हुने भएको छ ।
टाईगर युवा क्लब तुलसिपुर ३ दमारगाउँको आयोजनामा संचालन हुने प्रतियोगिता यहि मंसिर १४ गते बुधबार देखि सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टाईगर युवा क्लब तुलसिपुर ३ दमारगाउ र युवा संजाल भिड्नेछन ।
फुटबल खेलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ लगाएत अन्य जिल्लामा स्थापित क्लबका १४ टिमको सहभागिता रहने आयोजक टाईगर युवा क्लबका अध्यक्ष दिनेश गुरुङले जानकारी दिनु भएकोछ ।
एक साता सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद १ लाख ३० हजार रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेता टिमले नगद ६५ हजार रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष गुरुङले बताउनुभयो । त्यस्तै प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फका खेलाडी लाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिनेछ । यसैबीच प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको प्रतियोगिता संचालन समितिका संयोजक सुरबिर गुरुङले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्