स्विट्जरल्याण्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

स्विट्जरल्याण्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

    मा प्रकाशित

दाङ, १३ मंसिर ।
कतारमा जारी विश्वकप फुटबलमा ब्राजिलले स्विट्जरल्याण्डलाई हराएको छ । सोमबार राति ९७४ स्टेडियममा भएको खेलमा स्विट्जरल्याण्डलाई १–० ले पराजित गर्दै ब्राजिल नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलको ८६ औँ मिनेटमा क्यासेमिरोले गरेको गोल नै ब्राजिलका लागि निर्णायक बन्यो। त्यसअघि खेलको ६४ औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेपनि रेफ्रिले अफसाइड दिए। ब्राजिलसँग पराजित स्विटजरल्याण्डको पनि अघिल्लो चरण प्रवेशका लागि सम्भावना कायम छ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्