प्याब्सन घोराही रनिङ सिल्ड हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्याब्सन घोराही रनिङ सिल्ड हुने

    मा प्रकाशित

No description available.दाङ, १३ मंसिर ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमितिको आयोजनामा ‘प्याब्सन घोराही रनिङ सिल्ड २०७९’ हुने भएको छ । प्याब्ससन घोराहीले यही मंसिर १५, १६ र १७ गते दाङको घोराहीमा रनिङ सिल्ड गर्न थालेको हो ।

संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन घोराहीले दाङमा पहिलो पटक रनिङ सिल्ड गर्न थालेको हो । रनिङ सिल्डमा कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थी सहभागी हुने अध्यक्ष बीरेन्द्र चन्दले बताए । उनले भने, ‘आफ्ना विविध कार्यक्रमहरु मध्ये प्याव्सन घोराहीले प्याव्सन घोराही रनिङ सिल्ड यही मंसिर १५ गतेदेखि सञ्चालन गर्न गइरहेको व्यहोरा यहाँलाई अवगत गराउदछौं । यो कार्यक्रमले विद्यार्थीहरुमा खेलको महत्व वुझाउनुका साथै विभिन्न चरणमा हुने खेलहरुमा विद्यालयहरुको संस्थागत सहभागिता वढाउने छ ।’
रनिङ सिल्डको तयारीका सम्बन्धमा आज दिउँसो ४ बजे पत्रकार सम्मेलन मार्फत जानकारी गराइने छ । साथै मंसिर १५ गते र्‍यालीका भरतपुरको मैदानमा कार्यक्रमको उद्घाटन गरिनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्