प्रथम प्याब्सन घाेराही रनिङ सिल्ड सुरू – Kanika Khabar
Thursday, June 19Nepali News Portal

प्रथम प्याब्सन घाेराही रनिङ सिल्ड सुरू

    मा प्रकाशित

दाङ, १५ मंसिर ।

नेपालमै पहिलो पटक नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनले दाङमा रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको छ ।

प्याव्सन घोराही नगरले नेपालमै पहिलो पटक रनिङ शिल्ड प्रतियोगीताको आयोजना गरेको हो । अहिले सम्म नेपालमा प्याव्सनको आयोजनामा रनिङ सिल्ड प्रतियोगिता भएको थिएन । बिहीवार जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुको र्याली सहित प्रतियोगिताको उद्घाटन गरिएको छ ।

प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपानेले गरे । प्रतियोगिताको उद्घाटन गर्दै सांसद न्यौपानेले विद्यार्थीहरुमा अध्ययनसँगै खेलको विकास हुन जरुरी रहेको बताए ।

फलतः प्याव्सनले विद्यार्थीहरुको अध्ययनसँगै खेल अभ्यासको विकासका लागि प्रतियोगीताको आयोजना गर्नु उपयुक्त भएको बताए । ‘विद्यार्थीहरुमा पढाइसँगै अतिरिक्त ज्ञान, कला अपरिहार्य हुन्छ,’ उनले भने ‘यस मध्य खेल क्षेत्र प्रमुख हो, अध्ययनसंगै विद्यार्थीहरुलाई खेलको विकास गरेर प्याव्सनले उचित कार्य गरेको छ ।’ साथै उनले विद्यालयमा अध्ययनरत बालबालिकाहरु देशको कर्णधार रहेको भन्दै देश निर्माणमा अहम भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

बिहीबारदेखि सुरु भएको प्रतियोगीता शनिबारसम्म चल्ने छ । यो प्रतियोगिता अन्तर्गत १० कक्षाका छात्रछात्राहरुका लागि १ सय मिटर,२ सय मिटर, ४ सय , ८ सय मिटर दौड र ४ सय १६०० मिटरको रिले दौड प्रतियोगीता हुनेछन् ।

यसैगरी लङजम्प,ट्रिपल जम्प,हाईजम्प, सटफूट,ज्याव्लिङ थ्रो प्रतियोगिताको आयोजना गरिएको छ ।

यसैगरी ७ कक्षा सम्मका छात्रछात्राहरुका लागि ६० मिटर दौड र लङजम्प प्रतियोगिताको आयोजना गरिने छ ।

प्रतियोगितामा ३७ विद्यालयहरुको सहभागिता रहेको छ ।

प्याब्सन घाेराहीका अध्यक्ष बिरेन्द्र चन्दकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा प्याब्सन केन्द्रीय सचिव यादव गिरी, प्याब्सन दाङका वरिष्ठ सल्लाहकारहरू नारायण अधिकारी, केशव थापा, घाेराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका महाशाखा प्रमुख बिनाेद गाैतम, शाखा अधिकृत नारायण पाैडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा राजविद्या पाठशालाका विद्यार्थीले याेगा प्रदर्शन गरेका थिए भने मेरील्यान्ड, युराे किड्स र गुरूकुलका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष सूर्यबहादुर रावतकाे स्वागत मन्तव्यबाट प्रारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्