तुलसीपुर,मंसिर १५ । युथ्स अफ क्लब तुलसीपुरले बिहिवारदेखि सञ्चालन गर्न लागेको प्रथम लुम्बिनी प्रदेश स्तरीय कृषि तथा व्यापारिक महोत्सव रोकिएको छ । सबै तयारी भई उद्धघाटन गर्ने दिनमा महोत्सव स्थगित भएको हो ।
त्यस पुर्ब बिहिवार बिहान तुलसीपुर उद्योग बाणिज्य सघंको अगुवाइमा तुलसीपुर उपमहानगरपालिकामा तालाबन्दी भएको थियो । तालाबन्दी गरेपछि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल सहितका केही कर्मचारीहरु कार्यालय भित्रै थुनिएका थिए ।
सघंले मेलाको बिरोधमा बुधबारेखि नै तुलसीपुर बजार बन्द गराएको हो । व्यापारीहरुको चर्को आन्दोलन पछि महोत्सव बन्द गर्न भन्दै तुलसीपुर उद्योग बाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्श लगायतका ब्यबसायीक संस्थारुहरुले विरोध जनाएपछि विहीबार बसेको सर्वपक्षिय बैठकले हाललाई मेला महोत्सव स्थगित गर्ने निर्णय गरेको हो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले कार्यविधि बनाएपछि मात्रै मेला महोत्सव लगाउने पनि सहमति भएको छ ।
यस्तै क्लबले पुनःमहोत्सव सञ्चालन गर्न चाहेमा ब्यापारिक स्टलमा राखिने सामग्रीको लिस्ट संघ र च्याम्बरले तोके बमोजिम हुने सहमति गरिएको छ ।
उक्त बैठकमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, क्लबका अध्यक्ष अरुण लहरे लगायतको सहभागिता थियो ।