नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई मातृशोक – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई मातृशोक

    मा प्रकाशित

दाङ, १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई मातृ शोक परेको छ। महासचिव विप्लवकी आमा आशिकादेवी चन्दको ९६ बर्ष उमेरमा शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा निधन भएको हो ।

केही हप्ता अगाडी घरमा लडेर टाउकोमा चोट लागेपछि उहाँलाई बुटवलस्थित चौराह अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचार गरेर घर आरामका लागी लगिएको थियो । घरमै औषधी सेवन गरी आराम गरिरहनु भएकी आशिकादेवी चन्दको शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा निधन भएको डा.प्रकाश चन्दले जानकारी दिए ।

टाउको गम्भीर चोट लागेर रगत जमेपछि बयोबृद्ध उमेरका कारण अप्रेसन गर्न नमिलेपछि घरमा लगिएको थियो । उहाँको परिवार, आफन्तजन र पार्टीको सल्लाहमा उहाँको अन्येष्टि गरिने नेकपा केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला इन्चार्ज जुझारुले बताए ।

आमा आशिकादेवीको ३ छोराहरु विप्लव सी, वीरजंग सी र जयन्द्र सी हुन् । जेठो छोरा वीरजंगको गतबर्ष निधन भइसकेको छ । आमा आशिकादेवीको निधनपश्चात सामाजिक सञ्जालमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ भने महासचिव विप्लवलगायत परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

आदरणीय आमा आशिकादेवी चन्दप्रति क्षेप्यास्त्र प्रकाशन केन्द्र हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव विप्लवलगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्